रुकुम पूर्व। लामो समयदेखि फरार रहनुभएका नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी (डीबी) अन्ततः कारागार चलान हुनुभएको छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माकाअनुसार केसी स्वयं अदालतमा उपस्थित भएपछि उहाँलाई सजाय भुक्तानका लागि कारागार पठाइएको हो।केसीलाई सम्बन्ध विच्छेदको नक्कली कागजात बनाएको आरोपमा उहाँकै श्रीमती राधा केसीले दिएको उजुरीमा अदालतले दोषी ठहर गरेको थियो । २०४८ साल असार ९ गते अदालतले उहाँलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, केसीले २५ वर्षभन्दा बढी समयसम्म यो सजाय भुक्तान गर्नुभएको थिएन। कानूनी रूपमा उहाँ प्रदेश सभा सदस्यको उम्मेदवार बन्नसमेत अयोग्य रहेको भन्दै आलोचना हुँदै आएको थियो । उहाँ रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित हुनुभएको थियो।
Advertisement