अर्घाखाँची – अर्घाखाँचीकाे सिमलपानीमा खाेलाले बगाएर दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कपिलवस्तुकाे वाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो। उहाका अनुसार शितगंगा नगरपालिका वडा नम्बर १४ ढावामा छहरे खाेलाबाट बगेको झर्नामा नुहाउने क्रममा उनिहरु बगेका थिए।
आज दिउँसो झर्नामा नुवाउने क्रममा बगेका दुवै जनाकाे शव घटनास्थलदेखि तल खोलामा भेटिएकाे प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
Advertisement