• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

मेरो बुवा आदर्शको खम्बा


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • बुवालाई सम्मान दिने दिन । कुशे औशी । बुवाको मुख हेर्ने दिन। म सानै थिए।  त्यसबेला म कक्षा ११ मा पढथे।
    आज यो घडिमा उभियएर पुनः एकपटक बिगतलाई हेर्न मन लागेको छ।जहाँ मेरा अति आदरणिय,अति पुजनीय अनि मेरा जिन्दगीको सबथोक मेरा बुवा आमासँग बिताएका हरेक पल मेरो मानसपटलमा दौडिरहेको छ।अहिले यो लेख्दा मेरो अगाडि बुवाको हँसिलो तस्बिर छ।सम्झदै कस्तो आनन्द फिल हुन्छ बुवा आमाको अतुलनीय मीठो साथ।अनि त्यो ममता अनि त्यो अभिभावकत्व!सम्झदै जाँदा मनदेखि निस्किने अद्भुत मीठास अनि आनन्दमय कल्पना कै वीचमा मुटु छिया छिया हुनेगरी नमीठो स्मृति मडारिन आइपुग्छ अनि यहि नै अहिलेको जीवनको कटु सत्य भएर बसेको छ ।
    २०७०/११/१२  गतेको बेलुका रातको ८/९ बज्यो। मैले खाना बनाए। दाईलाई दाई खाना खाउ है भने अनि एकछिन पख् न सेलाउन् दे न तलाई कति हतार हुन्छ, त्यो  तातो खान एकछिन सेलाउन दे न भन्नु भयो। एकछिनको खाना पस्केर दाईलाई नी दिए मैले नी खाए । भात, दाल, तरकारी। खाना खाएर सके पछि दाईले पढ़ किन बसेको भन्नु भाे? मैले समाजशास्त्र किताब निकालेर पढे।१ घण्टा पढे अनि दाईले सुत बिहान छिटो उठेर पढने भन्नु भयो । दाई र मेरो सुत्ने सल्लाह भयो । बुवा बिरामी हुनुहुन्छ के हुने हो भनेर चिन्तामा सुतियो । हामी दाजु भाई । म त अलि सानै थिए।मोबाइल फोन  थियो तर सिमकार्ड थिएन । दाजुको मोबाइल फोन थियो तर उहाँले कहिले अफ नगरी सुत्ने दाजुको पनि त्यस दिन खोइ कसरी अफ भयो ।  बुवाको राती १ बजे तिर  मृत्यु भएछ। छोराहरूलाई खबर गर्दिन त पर्यो अनि हाम्रो घर छिमेकी श्रीराम दाईले फोन हान्नु भएछ।दाईकाे फोन अफ । हामी त्यो मिठो निद्रा,अनि सपना देख्दै सुतेका हामी,कतिबेला उज्यालो होला अनि बिहानै उठेर पढ्ने सोचमा सुतेका हामी।विउँझिन न पाउँदै हामी नजिकै कान्छी दिदीको घर थियो। हाम्रो घरबाट छिमेकी दाईले भिनाजुलाई खबर पुराउनु भएछ बुवा बितेको। बिहानै भिनाजु अतालिदै भिनाजु ढोका ढ्याग, ढ्याग पार्दै केटा हो,उठ तिमीहरू,के गर्नी त भन्ने भाव भिनाजुबाट निक्लियो अनि दाईले त बुवाको मृत्यु भयो भन्ने बुझेर रुन थाल्नु भयो। म त झन सानो उमेर दाई रोएको देखेर मेरा पनि आँसु बग्न थाले । पिडा  भयो। बिस्तारै मेरा भन्दा दाईका आँसु धेरै बगे। बिहान उज्यालो भयो । अब घाट जानी कुरा आयो । दाईका साथीहरूलाई जानकारी भयो । ४/५ जना बाइकहरु लिएर हामी बस्ने घर अगाडि आउनु भयो।अनि बाइकमा मिलिजुली १० जना जती हिडियो । जति म अगाडि बढछु त्यति मेरा आसुँ बढी हुँदै गए। जब मच्छी भन्ने ठाउँमा रोकियो अनि एउटी बुढी आमालाई देखे अनि फेरि मेरो मनमा छायो कि आमा कसरी बस्नु भाको छ होला भन्ने चिन्ता बढी भयो। मच्छिबाट अगाडि बढदै फडके पुगियो। माथिबाट शंख फुक्दै बुवाको लास उरालो झारेका छन्। ४/५ सय मान्छे सँगै। नजिकै बुवाको लास आयो झन झन आँसु झार्दै बुवाको लासको नजिक पुगे। बुवाको मरेको शरीर छाम्दै ३ दाजु भाई रुन सुरु भयो। अनि  जेठो दाजु हामीलाई समाएर सम्झाउनु भयो । दाजुले  भन्नु भयो तिमीहरूको त म छु मेरो पो को छ र भन्दै रुदै हामीहरूलाई सम्झाउनु भयो।हामीहरू पनि कम हुँदै बुवाको शव हेर्दै आँसु झार्दै ,रुदै, सिँगान तान्दै बुवाको शरिरमा लागेको आगो हेर्दै मन थाम्दै, रुन कम भय। धेरैको मुखबाट सुन्छु सबैको यस्तै हो कोहीको सानो उमेरमा कोही कसैको उमेर पुगेर भन्दै सम्झाउन लाग्नु भयो ।
    रुदै,रुदै बुवाको शव जलाएर विधि प्रकृया सकेर घर जानको लागि उकालो बाटो लागियो अनि चिन्ता बढदै गयो आमाको । हामी ३ दाजु भाई र २ दिदी दिदीहरू बिहे गरेर गैसक्नु भाको थियो। जेठो दाजु र म कोठा लिएर बस्ने हामी ? अब घरमा आमा र माइलो दाई मात्र न दाईहरुको बिहे भाको? मेरो मनमा आमाको चिन्ताले सतायो बाटो भरी।घर नजिक पुग्दा सबैले टुल टुल हेर्छन् कोही बोल्न सक्दैनन्। बिस्तारै घरको आँगनमा पुगियो आमालाई देखियो आमा घरको भित्ता ठोक्दै रुनु भयो । हामीहरू पनि आमा सँगै बसेर रोई कराई भयो। १२ बर्ष पहिले बुवाले छोडेर जानु भयो। ६ बर्ष पहिले आमाले छोडेर जानु भाे। अहिले साथमा न त बुवा न त आमा!! अहिले हामी ३ भाइ,दुई भाउजु सँगै २ बाबु र १ नानी छौं। अब  त बिहे गर्ने  पालो मेरो,म कान्छो छोरा पनि । सबैले बिहे गर्ने होइन भन्छन् ? म उत्तर दिन्छु गर्ने हो,बिहे त,खोज्नु न,केटी भन्छु। अनि यो उमेरमा नी केटी खोज्ने अझ तलाई भन्नुहुन्छ, म मुसुक्क मुस्कुराउँदै … बिहे त हुन्न होला है बुवा नी हुनुहुन्न! आमा नी हुनुहुन्न! केटीले पनि त भन्छे होलि नी त है तेरो बुवा नी छैन आमा नी छैन? अझ सरकारी जागिर पनि छैन? कुनै देशको पि आर नी छैन? यत्रो उमेरको केटो? अझ गाउँले ? तर हो लाग्छ फेरि बिहे गरम ? हो तर निधो छैन बिहे गर्ने नगर्ने। बुवाले सन्तानको भविष्य उज्यालो होस् भनेर बुवा हजुर दुनियासँग कति झुक्नुभयो होला है? कति जनासंग अपहेलित हुनुभयो होला है? तर आज हजुरकै सन्तानले दिनरात, सुख-दुःख, घामपानी नभनी हरेक दिनरात मेहनत गरी सुन्दर भविष्यको कल्पना गर्दै यो ठुलो अनि अपरचित सहरमा संघर्ष गर्दै छ।
    अझै केही समय तपाईंको आत्म पर्खिने छ। बुवा हजुरको छोराले हजुरको शिर उच्च बनाउने छ। हजुरको छोराको प्रगति देखेर दुनियाले हजुरको सम्झना गर्ने छन्, बुवा। हजुरको छोराले अहिलेसम्म प्रगति गरेन भनेर तपाईको आत्मले भनेको होला है? केही राम्रो काम हुनलाई केही समय लाग्छ। त्यसैले केही समय निराश नभएर  तपाईको आत्मले पनि धैर्य गर्ने छ। बुबा हरपल अहिले साथमा कोही न होला तर  हजुरको दुई छोरा मेरा २ दाजुहरू मेरै साथमा हुनुहुन्छ। दाजुहरू संघर्ष अहिले पनि उस्तै छ बुबा। एक हिसाबले भन्ने हो भने हजुरको आत्म र मेरा  अगाडि दाजुहरू पनि  सफल हुनुहुन्छ अहिले। त्यति बेला केही सामन्तीहरुले हामीहरूलाई हेप्ने पनि गरे।बुबा आमाको सपना पुरा गर्नका लागि आगामी दिनमा अझै निष्ठापुर्वक लाग्ने प्रण गर्दछु। बुबाको मायाँ कस्तो हुन्छ थाहा नपाएको मलाई आज बुबाको मुख हेर्ने दिनमा सारै याद  आउँछ । गाउँको मेरो बुबा एक असल समाजसेवी हुनुहुन्थयो । अहिले पनि बुढा पाकाहरुले चिनाउँदा बुबाकै नामबाट चिन्छन् । प्युठानको पुजा त झनै अर्घाली कान्छा (छबिलाल) काे छोरा नभनी बुढापाकालाई चिन्न अप्ठेरो पर्छ ।
    हामीलाई  सानै उमेरमा छोडेर गएपनि हजुरले कतैबाट हाम्रो निगरानी र मार्गदर्शन गरेको जस्तो लाग्छ । आज बुबाको मुख हुेर्ने दिनमा  बुबाको फोटो हेरेर भएपनि चित्त बुझाउँदै छु ।
    बुवा,मानिसको जिन्दगी साच्चै बहुत अजिवको हुँदो रहेछ। जिन्दगी पूर्णतयः बक्ररेखामा मात्रै दौडदो रहेछ। कल्पनाको संसार जस्तो कहाँ सजिलो रहेछ र जिन्दगी?
    हार्दिक श्रदान्जली बुबा !
    अन्ततः वास्तवमा बुवालाई माया गर्न, सम्मान गर्न र सेवा गर्न कुनै विशेष दिन चाहिँदैन। आफ्नो सिङ्गो जीवन आफ्ना सन्तानकै भलाइको लागि अर्पेका बुवा जिवित छँदा सधैं आदर, सम्मान, माया र सेवा गरौँ,आफ्ना बुवाको चित्त दुख्ने, मन नपर्ने व्यवहार कोही सन्तानले नगरौँ । उही तपाईको छोरा : भरत आचार्य गौमुखी गाउँपालिका, ४ प्यूठान।

    Advertisement

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation