तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । उनिहरुलाइ उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ। बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ।कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको भारतिय नागरिक सवार युपि ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
Advertisement