• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ३. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ४. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ५. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ६. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ७. गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

  • ८. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ९. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

  • १०. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • स्याङ्जा । आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै ढाकिदिएका छन् ।
    वालिङ नगरपालिका वाड नं ९ मा निर्माण गरिएको भवनको उद्घाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा उद्घाटन मिति भने २०८१ असार २२ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र १ महिना पछि सुटुक्क आएर उद्घाटन गर्दा गृह जिल्लामै गृह सचिव अर्याल विवादमा फसेका हुन ।
    जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै ताम्रपत्र हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घाटन गर्न माग गर्दै ज्ञापनपत्र वुझाएका छन् ।
    भवन उद्घाटन इलाका प्रशासन कार्यालयको कार्यक्रम नभई जिल्ला प्रशासन कार्यालयको कार्यक्रम रहेको वताएपछि इलाका प्रशासन कार्यालय वालिङका प्रमुख शुभाष शर्मा पौडेल संग जग्गादाता झनै आक्रोशित वनेका थिए । कार्यालयको जिम्मा लिएका प्रमुखले गैह्र जिम्मेवार तर्क गरेको भन्दै जग्गादाता र पौडेल विच भनाभन समेत भएको थियो । पछि वडा प्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक बसन्त पाठकले सहजीकरण गरेपछि जग्गादाताले ताम्रपत्र ढाकेर छाडेका छन् ।
    ज्ञापनपत्र बुझाउँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले भने,“हामीले करोडौं पर्ने जग्गा निशुल्क रुपमा दियौं तर हामीलाई बेवास्ता गरियो ।” भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न समेत रोक लगाएको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिएका थिए । भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क प्रदान गरेका थिए । भवन झण्डै ४ रोपनी क्षेत्रफनमा निर्माण भएको थियो ।
    उता जिल्ला प्रशासन कार्यालयको सामान्य त्रुटीले गृह सचिव जस्तो उच्च पदस्थ अधिकारी आफ्नै जिल्लामा विवादित वनेको प्रति धेरैले चिन्ता व्यक्त गरेका छन् । गत असार २२ गते जिल्लामा अविरल वर्षाका कारण आएको वाढीले जनधनको क्षति पुगेका कारण प्रशासनको भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो ।
    असार २२ मा स्थगित गरिएको कार्यक्रम गृह सचिव ज्यूको अनौपचारिक जिल्ला भ्रमणमा रहेका वेला हतार हतारमा भवनमा रहेको ताम्रपत्र अनावरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए । यसलाई गलत तरिकाले नवुझ्न जग्गादाता र शुभेच्छुकलाई आग्रह समेत गरेका छन् ।

    Advertisement

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु
    वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला
    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान
    थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए
    थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ३.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • ६.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित

    भर्खरै

    • १.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • २.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ३.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ४.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ५.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ६.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ७.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ८.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation