दाङ। नेपाल पत्रकार महासङ्घ दाङ शाखाले घाेराहीमा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ ।
पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरूलाई अध्ययन तथा खोजका लागि महत्वपूर्ण टेवा पुग्ने पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो । केसीको कार्यकालमा पत्रकारहरूको क्षमता विकास, महासंघको संस्थागत विकास र पेशागत अधिकारका सवालमा राम्रा कामहरू भएका छन् ।
Advertisement