गुल्मी। गुल्मीमा अरिङ्गालले टोकाइबाट एक जनाको मृत्यु भएको छ। बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवर रहेका छन् । उनको शुक्रबार मृत्यु भएको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको थियो ।
Advertisement