प्युठान। नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले आफ्नो निर्वाचन क्षेत्रको विद्यालयमा ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
आफ्नो जन्मदिनको अवसर पारेर थापाले ऐरावती गाउँपालिका–६ बिजुलीस्थित जनता माध्यमिक विद्यालयमा ‘रामबहादुर थापा गोपाल स्मृति छात्रवृत्ति’ अक्षयकोष स्थापना गर्नुभएको हो ।
५० हजार रुपैयाँको उक्त अक्षयकोषबाट विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्यको हैसियतमा एक महिनाको पारिश्रमिकबाट पार्टीको लेबी र कर कट्टी गरी बचेको रकमबाट अक्षयकोष स्थापना गरिएको थापाले बताउनुभयो ।
एमालेको मिसन ग्रासरूट अभियान कार्यक्रमका क्रममा सरुमारानी गाउँपालिका जाँदै गरेका ५० बर्षिय थापाको माण्डवी गाउँपालिका ५ आँपचौरमा डोजरले हानेर ज्यान गएको थियो । एमाले प्यूठानका जिल्ला कमिटी सदस्य मृतक थापाले पढेको विद्यालयमै अक्षयकोष स्थापना गरिएको हो ।
सांसद थापाद्वारा बिद्यालयमा अक्षयकोष
सांसद थापाद्वारा बिद्यालयमा अक्षयकोष

Advertisement
तपाईको प्रतिक्रिया