गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट वर पिपल रोपण गर्ने भएको छ । गाउँपालिकाले टोल विकास संस्था मार्फत वर पिपल रोपण गर्न लागेको हो ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण वृक्ष वर पिपल रोपण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पछिल्लो समय सडक बिस्तार र विभिन्न कारणले वर पिपल मासिदै गएका छन् ।
धार्मीक, साँस्कृतिक र पर्यावरणीय हिसाबले पिपलको महत्व रहेको छ । विज्ञानले पनि पिपललाई उस्तै महत्व दिएको पाइन्छ ।
त्यसैले पनि पालिकाले गएको भदौ १९ गते गाउँ कार्यपालिकाको निर्णय बमोजिम वडानम्बर- १ मा १०८ बोट र अन्य ५ वटा वडाहरुमा ५० बोटका दरले वर पिपल रोपण गर्ने निर्णय गरेको थियो । विरुवा रोपणका लागि गाउँपालिकाले टोल विकास संस्थालाई सम्झौता गर्न आग्रह गरेको छ ।
वर पिपल रोपणका लागि प्रति बोट खर्च २ हजार रकम विनियोजन भएको प्रशासकीय अधिकृत पाण्डेले बताए । विनियोजन भएको रकमबाट विरुवा र मल खरिद, उपयुक्त खाडल र संरक्षणको लागि फलामे जाली लगाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।
रोपण भएका विरुवाको संरक्षणको जिम्मेवारी सम्बन्धित टोल विकास संस्था रहने भएको छ । अक्सिजनको महत्त्वपूर्ण वृक्ष पिपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ ।
पिपललाई हिन्दु, बौद्व, र धर्मावलम्बीहरूले पवित्र रूख मानी पूजा समेत गर्दछन ।
रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट वर पिपल रोपण गर्ने
रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट वर पिपल रोपण गर्ने
Advertisement
तपाईको प्रतिक्रिया