• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एकदिने हिमाली जल कार्यशाला आयोजना गरिएको हो । आइआइटि रूडकीसँगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (नेक) ले आयोजना गरेको कार्यशालामा हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गरिएको छ ।
    कार्यशालामा नेकका पूर्व प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कार्यवाहक प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र नेक सिपसएसका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहीले कार्यशालामा भाग लिनुभएको थियो ।
    कार्यशालामा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. विष्णुप्रसाद पाण्डेले विश्वव्यापी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा घट्ने पानीको मात्रा र यसबाट पर्नजाने दवाव तथा पूर्वाधारको डिजाइनमा पर्ने प्रभावबारे मूल कार्यपत्र पेश गर्नुभयो । रिफ्रेस नामाकरण गरिएको हिमाली क्षेत्रको पानीको संकटासन्नता सम्बन्धित क्षेत्रीय शोध आयोजनामा नेपाल, भारत र भुटानका शैक्षिक संस्थाहरूको सहभागिता र सहकार्यमा उक्त तीन वर्षीय शोध आयोजना सञ्चालित छ ।
    भारतको एनआइएचका प्रा.डा. विशाल सिंको अध्यक्षतामा भएको कार्यशालाको प्राविधिक सत्रमा आइआइटि रूडकीका प्रा.डा. आशुतोष शर्माले शोध आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने भारतकै विश्वविद्यालयका चार जना विद्यावारिधिका विद्यार्थीहरूले शोध आयोजना अन्तर्गत गरेका प्रगतिहरू प्रस्तुति गरेका थिए ।
    कार्यशालाको विज्ञ छलफल (पानल डिस्कसन) सत्रमा सिँचाई तथा जलस्रोत विभागका सहसचिव डा. सन्तोष कैनीले जलवायु परिवर्तनले नेपालको सिँचाई आयोजनाहरूमा पर्नसक्ने प्रभाव न्यूनिकरणको लागि चालिएका पाइलाहरूबारे प्रकाश पार्नुभयो । इसिमोडका डा. नीरा श्रेष्ठले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गर्न सक्ने अति विषम् परिस्थिति बारे आफ्नो प्रस्तुति दिनुभयो ।
    नेक सिपसएसका उपप्राध्यापक डा. नारायणप्रसाद कोजूले जलवायु परिवर्तनले नेपाल उच्च हिमाली भेगमा पाइने वन्यजन्तुहरूको वासस्थानमा पर्नजाने नकारात्मक प्रभावहरूबारे जानकारी दिनुभयो ।
    रिफ्रेस शोध आयोजनाले आगामी दुईवर्ष भित्र निश्चित शोध प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्ने जनाइएको छ । हिमाली क्षेत्रको पानीले के कस्तो वातावरणीय सेवा दिने गरेका छन्, जलवायु परिवर्तनले ती वातावरणीय सेवा दिने क्षमतामा कस्तो प्रभाव पार्ने छ, जलवायु परिवर्तनले मनसूनी वर्षा र जलवायू सम्बन्धी विषम् परिस्थित सृजनामा कस्तो प्रभाव पर्ने छ र सम्भावित नकारात्मक परिणामहरूलाई समयमै सम्बोधन गर्न के कस्ता नितिगत तथा कार्यगत सुधारहरू गर्नुपर्दछ भन्ने विषयमा गहिरो अध्ययन गरी नेपाल, भारत र भुटान सरकारलाई सुझाव दिने छ ।
    जलवायु परिवर्तन सम्बन्धी आयामहरूको अलग अलग प्रभावहरू भन्दा संयुक्त प्रभाव ठूलो हुन सक्दछ भन्ने आधारभूत अवधारणामा यो शोध आयोजना आधारित छ । कार्यशालाको सम्मन्वय नेक सिपसएसका उपप्राध्यापक प्रतिक सिंह ठकुरीले गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation