• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ९. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • १०. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् ।
    यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनी सँगै थाइल्याण्ड गएका छन् ।
    पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुने छन ।
    खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहाभागी हुनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथि सेवा अन्र्तगतको विकाश शिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामाग्री तथा मेडिकल इन्सुरेन्सको लागि प्रायोजन गरेको छ । साथै गोकर्णेश्वर नगरपालिकाबाट ५० हजार आर्थिक सहयोगको प्रतिबद्धता भएको छ ।
    नेशनल पारालिम्पीक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले पनि खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खेलमा सहभागि हुनको लागि आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नु पर्ने हुदाँ खेलाडी तथा प्रशिक्षकले जनही लगभग एक एक लाख स्वंयम व्यक्तिगत रुपमा लगानी गर्नुपर्ने खेलाडी थापाले बताउनुभयो ।
    विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्थानै नरहेको खेलाडी तथा प्रशिक्षकले बताए । राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराई पारालिम्पीक छनोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिदाँ पनि कुनै पनि निकायबाट सुनुवाई नभएको खेलाडी केशव थापा बताउनु हुन्छ । अपांगता भएका खेलाडीहरुको प्रोत्साहनका लागि सरकारबाट आवश्यक सहयोग गर्न खेलकुदमा दीर्घकालीन योजनाको खाँचो रहेको छ । राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सकेमात्र खेलकुद क्षेत्रले गति लिने हुँदा सरकारको बेलैमा यसतर्फ ध्यान जान जरुरी छ ।

    Advertisement

    को हुन् खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती ?

    केशव थापा नेपालमा आयोजना भएका ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पीयन समेत भई सकेका खेलाडी हुन ।
    केशव थापा पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान, जापान, पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत देशको प्रतिनिधित्व गर्दै बगंलादेशमा गोल्ड मेडल समेत जित्न सफल नेपाली पारा टेबल टेनिसमा हाल विश्व बरियतामा रहन सफल एकमात्र पारा टेबल टेनिसका खेलाडी हुन । १३ बर्ष अघी मेरुदण्ड पक्षघात भई अपाङता भएका थापाको जन्म स्थान धवलागीरी गा।पा ७ धारापानी, म्याग्दीमा जन्मेका हुन भने विगत १२ बर्ष देखी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा बस्दै आइरहेका छन ।
    प्रशिक्षक बसन्त भारती चौथो पारा एसियन खेल हान्जाउ चाइनामा नेपाली टेबल टेनिसको प्रशिक्षकको जिम्मेवारी पुरा गरिसकेका प्रशिक्षक हुन । प्रशिक्षक भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन । उनी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थायी बासिन्दा हुन ।

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation