• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

कालीगण्डकी गाउँपालिकामा अतिथी सत्कारको नाममा जनप्रतिनिधिको घरमा पुग्यो खाद्यान्न


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • कालिगण्डकी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाका अतिथि सत्कार शीर्षकमा रकम निकासा गरि दुरुपयोग भएको तथ्य बाहिरिएको छ । जनप्रतिनिधिले अतिथि सत्कार शीर्षकमा रकम निकासा गरि दाल, चामल, तेल चिनी खरिद गरेर घुमाउरो बाटोबाट निजि प्रयोजनका लागि घरमा लगेको तथ्य बाहिरिएको हो। कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट बजारमा रहेको देउराली किराना तथा फलफुल पसलबाट ९८ हजार ६ सय रुपैयाँको खाद्यान्न खरिद भएको छ । दैनिक उपभोग्य सामाग्री दाल चिनी चामल तेल आर्थिक वर्ष २०७९÷८० मा अतिथि सत्कार शीर्षकमा लेखा शाखामा बिल भरपाई निवेदन तथा कागजी प्रक्रिया पूरा गरि रकम निकासा गरिएको हो । ०७९ साउन १५ गते देखि कात्तिक २५ गतेसम्म चामल चिनी ,दाल, नुन ,पानी गरि ९८ हजार ६ सय मूल्य बराबरको खाद्यान्न कालीगण्डकी गाउँपालिकाको नाममा देउराली किराना तथा फलफुल पसलबाट पालिकामा बिल पेस गरिएको देखिन्छ । ०७९साउन १५ गते १९ हजार ५०० मुल्यको १० बोरा सावा चामल ०७९ श्रावण २५ गते १९ हजार ८०० मुल्यको मसुरोको दाल ७५ केजी १ बोरा नुन, १ बोरा चिनी, दुई कार्टुन तेल मिति नखुलेको एक बिलमा १० बोरा चामल १९ हजार ६०० मूल्य रहेको छ । ०७९ असोज २५ मा १९ हजार ८४० मुल्यको पाँच बोरा चामल चार कार्टुन तेल सात प्याक पानी, ०७९ कात्तिक १९ गते १९ हजार ८६० मुल्यको आठ बोरा चामल एक बोरा नुन, तीन कार्टुन पानी गरि ९८ हजार ६०० मूल्य बराबरको खाद्यान्न कालीगण्डकी गाउँपालिकाको नाममा देउराली किराना तथा फलफुल पसलबाट पालिकामा पेस गरिएको हो । उक्त बिल अनुसारको रकम कालीगण्डकी गाउँपालिकाले भुक्तानी गरिसकेको पसल संचालक डिल्लीराम पाण्डेले जानकारी दिए । ०८० बैशाख २७ गते देउराली किराना तथा फलफुल पसलले बिल अनुसारको रकम भुक्तानी गरिदिनुहुन नी कालीगण्डकी गाउँकार्यपालिकाको कार्यालय पूर्तिघाटमा निवेदन दिएको देखिन्छ । उक्त निबेदनमा उपाध्यक्षले निजि प्रयोजन एंवम् अतिथि सत्कारमा लगेको हुँदा भोलि कुनै समस्या परेमा कानुन बमोजिम सहुँला बुझाउँला भनी लेखिएको छ । उपाध्यक्ष मन्जु कुमारी दर्लामीको दवावमा लेखा शाखाले भुक्तानीको लागि कागजी प्रक्रिया पुरा गरि रकम निकासाको लागि सिफारिस गरि भुक्तानी गरिएको खुलासा भएको हो । खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री अतिथि सत्कार शीर्षक बिपत तथा बाढी पहिरो पिडितको नाममा दुरुपयोग भएको विषयमा कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले छानबिन समिती गठन गरिएको बताए । कार्यालय प्रशासकीय अधिकृत नरेस गिरीले आफ्नो कार्यकालमा रकम निकासा नगरिएको बताए । उनले पूर्व प्रशासकीय अधिकृत बाबुराम पल्लीको कार्यकालमा निकासा गरिएकाले यस विषयमा अनबिज्ञ रहेको बताए । अहिले बाबुराम पल्ली कालीगण्डकी गाउँकार्यपालिका कार्यालय बाट सरुवा भैसकेका छन् । उपाध्यक्ष मन्जुकुमारी दर्लामी मगरले खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री खरिदसंगै रकम निकासाको विषयमा पूर्व जनप्रतिनिधिले जे पनि गर्न हुने हामिले गर्न नहुने भन्दै गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिएकी छन् । छानबिन समिती गठन गरिएको थाह नभएको बताइन । खाद्य सामाग्री निजि प्रयोजनका लागि प्रयोग नगरेको बिपत ब्यवस्थापन, बाढी, पहिरो, पिडितलाई वितरण गरेको बताएता पनि वितरण कार्यमा गाउँपालिकाका मुख्य राजनैतिक दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, सहभागी नभएको एमाले कालिगण्डकी गाउँकमिटी अध्यक्ष रामजी ढकाल र राष्ट्रिय जनमोर्चा गाउँकमिटी अध्यक्ष सूर्य क्षेत्रीले बताए । नेपाली काँग्रेस गाउँकार्य समितिका सभापती निम श्रीषलाई लाई पटक पटक जानकारि लिने प्रयास गर्दा सम्पर्क हुन नसकेपछी गाउँकार्य समितीका उपसभापति असोक ठकुरिले यस विषयमा जानकारी नरहेको बताए । नेकपा माओबादी केन्द्र गाउँ कमिटी अध्यक्ष लिल बहादुर केसी “सन्जय“ले यस विषयमा अनबिज्ञ रहनुका साथै बिपत ब्यवस्थापन समय परिस्थिति अनुसार जनप्रतिनिधिले सर्ब दलिय संयन्त्र बिना राहत वितरण गर्न सकिने बताए । स्थानीय निर्बाचनमा निर्बाचित कालीगण्डकीका जनप्रतिनिधिलाई निर्वाचन आयोग तथा निर्बाचन अधिकृत तुल्सीराम अर्याल द्वारा २०७९ जेठ ४ गते प्रमाणपत्र बितरण गरिएको थियो । निजि प्रयोजन तथा अतिथी सत्कारका साथै राहत बितरण्का लागि भन्दै साउनमा ३३ बोरा बोरा चामल लगिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष विभिन्न राजनैतिक दलका प्रतिनिधि बिच मत बाझिएको छ । आर्थिक वर्ष ०७९÷०८० मा विपत व्यवस्थापन शीर्षकमा स्थानीय सरकारले ३० लाख रकम विनियोजन गरेको थियो । विपत ब्यवस्थापन शीर्षकमा भुक्तानी हुनु पर्ने रकम चोरबाटोबाट निजि प्रयोजनका साथै अतिथी सत्कार शीर्षकमा रकम निकासा गरिएको ढाकछोपका लागि राहत बितरण भनिएता पनि नीतिगत रुपमा भ्रष्टाचार भएको पुष्ठि भएको छ । अतिथी सत्कार, चियापान, लगायत अन्य विभिन्न परियोजनाका बिबिध कार्यक्रम कालीगण्डकी गाउँकार्यपालिकाले पूर्तिघाट बजारमा रहेको फुडल्याण्डमा गर्ने गरेको छ । स्थानीय सरकारले मेस संचालन गरि अतिथी सत्कार गरे जस्तो सामान खरिदमा देखिन्छ । पछिल्लो समयमा कालीगण्डकीमा जनप्रतिनिधिहरु यस्तै नितिगत भ्रष्टाचारका कार्यमा संलग्न हुनाले जनता माझ विश्वास गुमाउँदै गएका छन् । यस विषयलाई बाहिर नल्याई गुपचाप पार्नका लागि कालीगण्डकी कार्यपालिकामा सर्वदलिय सहमती गर्ने दौडधुप तथा योजना रहेको विशेष श्रोतले जानकारी गराएको छ ।

    Advertisement

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation