दाङ। दाङको घोराहीमा गोली प्रहार गरी एक महिला प्रहरीको हत्या भएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा खटिएकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको बिहिबार साझ करिव साढे ७ बजेको समयमा गोली हानी हत्या भएको हो।
धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । गोली हानेर भाग्दै गरेका थापाका श्रीमान झाक्रीलाई भने लमहीको अर्जुनखोलाबाट प्रहरीले समातेको छ।
Advertisement