गुल्मी । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि गुल्मीको फागुन पहिलो साता जिल्ला अधिवेशन गर्ने भएका छन् । शनिवार बसेको पादधिकारीको बैठकले फागुन ५ गते जिल्ला अधिवेशन तम्घासमा गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष सुरेश भण्डारीले बताए ।
बैठकले अधिवेशन सम्पन्न गर्न पदाधिकारी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको बैठक यहि माघ ९ गते तम्घासमा तयारी बैठक गर्ने निर्णय समेत गरेको छ । अधिवेशन सम्मपन्न गर्न प्रतिवेदन लेखन, प्रतिनिधि व्यवस्थापन, आर्थिक परिचालन, प्रचारप्रसार, मञ्च तथा हल, व्यवस्थापन, सांस्कृतिक कार्यक्रम समिति,अतिथी सत्कार उपसमिति द्धगठन गर्ने निर्णय समेत गरेको छ ।
Advertisement