प्युठान । प्युठानको सरुमारानी गाउँपालिका-४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ ।
जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी, प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।
दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । उनिहरुलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी निरिक्षक खनालले जानकारी दिनुभयो ।
Advertisement
दुर्घटनाको थप विवरण अाउन बाँकी छ ।