पाल्पा । पाल्पाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबी पुँरिदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
उनको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो।
आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबी सुख्खा पहिरोले पुरिएको थियो।
Advertisement