जनक पन्थ, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्वर–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवी नकिशोर प्रधानले बताउनुभयो ।
पहिरोमा परी रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
घाइते २ जना सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।
Advertisement