जनकराज भट्टराई, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका – २ जोर्तेमा पहिरोले स्कार्पियो पुर्दा ३ जनाको मृत्यु भएको छ। आठ जना घाईते भएका छन । गूल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको सुख्खा पहिरोमा पुरिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा दुई पुरूष र एक जना महिला छन। मृतकको सनाखत भईसकेको छैन । घाईतेहरुलाई उद्धार गरि पाल्पा मिशन र लुम्बीनी मेडिकल कलेजमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।
घटनाको एकिन बिबरण आउन बाँकी छ। यो क्षेत्रमा सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको थियो ।
Advertisement