जनक पन्थ, गुल्मी । अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर देखि अर्वेनी सडक खण्डको ठुलाखोलामा सडक माथिबाट ढुङ्गा सहितको पहिरो खसेपछि कालिगण्डकी करिडोर सडक अवरुद्ध भएको ।
पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए । पहिरोमा ठुलो ढुङ्गा रहेको र माथिबाट ढुङ्गा खस्नेक्रम जारी रहेकोले सडक पूर्ण रूपमा अबरुद्द भएको छ ।
पहिरो पन्छाउने क्रममा रहेकोले खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो पन्छाउन प्रहरी चौकी पुर्तीघट बाट प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको कमाण्डमा टोली खटि गएको छ ।
Advertisement