काठमाडौं । नेपाल एकदिवसीय विश्वकप क्वालिफायरमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । मौसम बदलीका कारण डीएलएस मेथडमा नेपाल युएई भन्दा अगाडि भएपछि खेल जितेको हो ।
Advertisement
यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । तिन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो।
खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय गरेका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।