सुशीला बुढा मगर,प्युठान । प्यूठानमा प्रहरीले चोरीका सामानसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर बस्ने २८ वर्षीय देव पुन र लुङ्ग्री गाउँपालिका ६ गुम्चाल बस्ने वर्ष १८ को भिमे परियार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
Advertisement
उनीहरूलाई सोमबार राती प्यूठानको स्वर्गद्वारी नगरपालिका ४ भिगृमा खटिएको प्रहरी गस्ती टोलीले शंका लागी खानतलासी गर्दा उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरि ल्याएका तामाको ताउँला २ वटा , गाग्री २ वटा , कसौडी ३ वटा , डाडु १० वटा र २ थान मोबाइल बरामद गरेको थियो । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।