• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. खुट्टाले लेखेर ३.४० जिपिए

  • ३. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ७. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ८. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

तान्सेनमा बिजुली दाई साहिला तमासैमा बस


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • –कृष्ण बिश्वकर्मा ‘बिजय’
    आजभोली जस्तो डाडापिच्छे एफ.एम. का टावर उबेला थिएनन । म अलिअलि बुझने हुँदा घरमा दुईटा ब्याट्री लाग्ने पुरानो रेडियो थियो । रेडियो नेपाल खुब सुनियो (अरु त टिपे पो सुन्नु ) । प्रत्येक दिन साँझ ५ः३० मा आधा घण्टासम्म लोकगित आउथ्यो । गुल्मेली लोकगायक बम बहादुर कार्कीले गाएको तान्सेनमा बिजुली दाई साहिला तमासैमा बस बोलको गित पनि बेलाबेलामा बज्ने गथ्र्यो । ठयाक्कै तिथिमिती कति हो भनेर सोधीखोजी गर्नतिर लागिएन । घरका पाका अभिभावकका कुरा सुने बमोजिम म जन्मनुभन्दा ४ बर्ष पहिल्यै २०३८ सालतिर (२०४० पनि त हुनसक्ला) पाल्पाको तानसेन बजारमा बिजुली बल्दा ७५ किलोमिटर पश्चिम टाढाको तम्घासमा पहिलोपटक गाडी पुगेको संयोगलाई बम बहादुर कार्कीले गीतको बोल गराएको धेरै पछि बुझियो । यही ७५ किमि बाटो बनाउदाका दुःख पीडा मेरो पुस्ताले भोग्न पाएन सुन्यो मात्र । नेपालको राजदरबारसँग सिधा पहँुचवाला अग्लुंग घर भएका तत्कालिन पंचायतसभा सदस्य बैकुण्ठ बहादुर चन्दले आँट नगरेको भए यो बाटो बन्ने थिएन । बाटो नखन्न, नबनाउनको लागी आएको करीब ४० बर्ष अगाडीको पचास हजार दाम, उबेलाका व्यापारीक केन्द्र तानसेन र बटौलीमा घरको प्रस्तावलाई चन्दले नकारे । अहिलेजस्तो सुबिधाप्रबिधि नहँुदापनि घरकै मकैभट्ट र सातुको भरका गुल्मेली जनताको जनश्रमदानबाट निर्माण गरिएको सडक हो । सम्बन्धित निकायले तानसेन तम्घास सडक निर्माणको नेतृत्वकर्ता बैकुण्ठ बहादुर चन्दको योगदानको कदर गरेजस्तो लाग्दैन । यही सडक खुलेपछी हो नुनका भारी बोक्न बटौली तानसेन झर्न परेन । लाहुरबाट पर्कदा खलखली पसिना चुहाउदै झोलीगुन्टा बोक्नु परेन । बिरामी हँुदा ओखतिमुलो गर्न पाल्पा आउनजान सजिलो भयो । यही बाटोले नै तम्घास बजारलाई बिस्तार गर्न सघायो । बाग्लुङ र प्युठान पुग्ने चामल मट्टितेल को ट्रान्जिट तम्घास भयो । हामी सानै छदा खच्चडलाई भारी बोकाएर सरसामान लैजाने गरेको देखेको मलाई सम्झना छ । सरकारी र निजि शैक्षिक सस्थाले पनि तम्घासको चहलपहल र व्यापारलाई बढाउन सहयोग गरेका हुन । भारतीय र बिट्रिस सेनाका अबकाशप्राप्तहरु पेन्सन सुबिधा बुझनको लागी सपरिवार टेपरिकर्डर घन्काउदै आउथे । पेन्सन क्याम्प बर्षको दुईपटक बस्ने गथ्र्याे । क्याम्प बसुन्जेल त तम्घासको चहलपहल कति हो कति । पेन्सनवालाहरुले आफुले बुझेको पेन्सन रकमको आधाआधी त कपडा, रक्सी र मासुमै खर्च गर्छन भन्ने हल्ला पनि सुनिएकै हो । त्यही पैसा धेरै खर्च गर्ने भएर होकी पेन्सन क्याम्प बस्दा तमघासमा सिजन लागेको छ भन्थे । आँखैले देखेको कुरा त असत्य हुने जमाना आएको बेला सुनेको हल्ला सत्य हो कि असत्य हो जानिएन तर पेन्सन क्याम्प सुरु भएपछि ब्यापारीहरुले सिजन सुरु भो भन्थे । हेर्दाहेर्दै तम्घास बयस्क हुदै गयो। ब्यापार बढदै गयो । एक हातसम्म लामा मकैका घोंगा फल्ने खालपरेका बारीहरु घडेरीमा फेरिन थाले । यो घर फलानोको त्यो घर फलानोको भनेर चिन्न सकिनेमा घर नै गन्न नसकिने भो । २०५२ बाट सुरु भएको द्धन्द्धले पनि तम्घासलाई फाईदा नै ग¥र्यो । हेर्दाहेर्दै उदीनढुङ्गा भरियो । कोलेकापोखरा भरियो । धागिथुम बर्खामास मकैका बोटले हरियै देखिन्थ्यो आजभोली घरका छत धेरै देखिन्छन । सानो छदा माईस्थानबाट उपल्लो तम्घास साँझपख जाँदा डर लाग्थ्यो अहिले त झिलिमिली पो भो । त्यो बयस्क र भर्भराउदो बैश भएको तम्घास अब तम्घास रहेन । अलिअलि कपाल फुल्न थालेर, गाला चाउरी पर्न सुरु भएर बुढयौलीले छुन आटेजस्तो देखिन थालेछ । देश संघियतामा जाँदा परेको असर तम्घासलाई पनि परेछ । पहिलाजस्तो ब्यापार छैन । मान्छेको आउजाउ हवात्तै घटन पुगेको छ । बाउबाजेले जतन गरेर राखिदिएको घडेरी बेचेर घरखर्च चलाउनेहरु घडेरी बिक्रि नहुँदा मर्कामै परेजस्तो छ । अब बुढयौलीले छुनछुन लागेको तम्घासलाई फुड सप्लिमेन्ट खुवाएर बौराउन वर्तमान पुस्ताले ढिलो गर्नु हुदैन ।
    अब बस चलेका पुगेका गीत हैन जहाज आएका गीत बनाउनु पर्छ । रेसुङ्गा विमानस्थलमा विमानको परीक्षण उडान सम्पन्न भएपछी गुल्मीको पर्यटनमा सम्भावनाको ढोका खोलीएको छ । अब सालझण्डी तम्घास सडकलाई पनि छिटो सम्पन्न गर्न सरोकारवालाहरु तदारुकताकोसाथ लाग्नु पर्दछ । कालीगण्डकी करिडोर र रिडी तम्घास सिमलटारी हुदै जाने पुर्वपशिचम राजमार्गको निर्माणले पनि गति ल्याउने आशा राखौ ।यी राजमार्ग र विमानस्थल गुल्मीलाई समृद्ध गराउने आधार हुन । अरु जिल्लाले केन्द्रमा एक मन्त्री पनि नपाँउदा दुई मन्त्री गुल्मीले पाएको छ अझ यसो भनौ न थोकमा मन्त्री छन । केन्द्रमा सम्सद पनि थोकमै छन । प्रदेश मन्त्रिमण्डलमा पनि गुल्मीको प्रतिनिधित्व छ । प्रदेश संसद पनि थोकमै छन । केन्द्र सरकार, प्रदेश सरकार एकै पार्टीको, गुल्मीको कुल स्थानीय तहमा करीब दुई तिहाईमा केन्द्र र प्रदेश सरकार बनाउने पार्टीकै नेतृत्व छ । यो अनुकुल परिस्थितीमा ब्यवस्थित तरिकाले योजना बनाउने ,कार्यान्वयन गर्ने, स्रोतसाधन परिचालन गर्ने क्षमता नेतृत्वले देखाउने हो भने गुल्मीको समृद्धि नजिकै छ । गुल्मी जनजाती बाहुल्य जिल्ला, यहाँका जनजाती नेताहरु जातीय मोर्चामा केन्द्रमै पकड राख्ने गर्दछन । अब तम्घासमै जनजातीहरुको सस्कृतिको अध्ययन, संरक्षण केन्द्र सहितको होम स्टे संचालन गर्नुपर्छ । रेसुङ्गामा कम्तिमा २०० जना अटने हल सहितको सुविधासम्पन्न रिसोर्ट संचालन गर्नुपर्छ । भविष्यमा ठुलाठुला ब्यापारीक सस्थाका भेलाबैठकहरु रेसुङ्गाको शान्त वातावरणमा हुन सकोस । रेसुङ्गामै आर्युबेदिक पद्धति अपनाउने गरी उपचार र अध्ययन केन्द्र स्थापना गर्नुपछ । तम्घासमै सरकारी प्राविधिक शिक्षालय र सुविधासम्पन्न विशेषज्ञ सेवासहितको सामुदायिक अस्पताल स्थापना गर्न पहल गर्नुपर्छ । राणाहरुको शासनसत्तामा प्रत्यक्ष दबाब दिनसक्ने पवित्र धार्मिक स्थल रेसुङ्गाको उचित संरक्षण रउपयोग गर्नमात्र सकेपनि रेसुङ्गा नगरपालिका सर्मद्ध हुन सक्छ । रेसुङ्गा नगरपालिका अझ भनौ पुरानो तमास (तम्घास) बजारलार्ई गुल्झार बनाउन सकिन्छ ।

    Advertisement

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    भर्खरै

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ४.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ५.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ६.
      फिफाद्वारा एन्फा निलम्बित

    • ७.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ८.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation