• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

  • ६. अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

  • ७. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ८. राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

  • ९. भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

  • १०. लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

तान्सेनमा बिजुली दाई साहिला तमासैमा बस


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • –कृष्ण बिश्वकर्मा ‘बिजय’
    आजभोली जस्तो डाडापिच्छे एफ.एम. का टावर उबेला थिएनन । म अलिअलि बुझने हुँदा घरमा दुईटा ब्याट्री लाग्ने पुरानो रेडियो थियो । रेडियो नेपाल खुब सुनियो (अरु त टिपे पो सुन्नु ) । प्रत्येक दिन साँझ ५ः३० मा आधा घण्टासम्म लोकगित आउथ्यो । गुल्मेली लोकगायक बम बहादुर कार्कीले गाएको तान्सेनमा बिजुली दाई साहिला तमासैमा बस बोलको गित पनि बेलाबेलामा बज्ने गथ्र्यो । ठयाक्कै तिथिमिती कति हो भनेर सोधीखोजी गर्नतिर लागिएन । घरका पाका अभिभावकका कुरा सुने बमोजिम म जन्मनुभन्दा ४ बर्ष पहिल्यै २०३८ सालतिर (२०४० पनि त हुनसक्ला) पाल्पाको तानसेन बजारमा बिजुली बल्दा ७५ किलोमिटर पश्चिम टाढाको तम्घासमा पहिलोपटक गाडी पुगेको संयोगलाई बम बहादुर कार्कीले गीतको बोल गराएको धेरै पछि बुझियो । यही ७५ किमि बाटो बनाउदाका दुःख पीडा मेरो पुस्ताले भोग्न पाएन सुन्यो मात्र । नेपालको राजदरबारसँग सिधा पहँुचवाला अग्लुंग घर भएका तत्कालिन पंचायतसभा सदस्य बैकुण्ठ बहादुर चन्दले आँट नगरेको भए यो बाटो बन्ने थिएन । बाटो नखन्न, नबनाउनको लागी आएको करीब ४० बर्ष अगाडीको पचास हजार दाम, उबेलाका व्यापारीक केन्द्र तानसेन र बटौलीमा घरको प्रस्तावलाई चन्दले नकारे । अहिलेजस्तो सुबिधाप्रबिधि नहँुदापनि घरकै मकैभट्ट र सातुको भरका गुल्मेली जनताको जनश्रमदानबाट निर्माण गरिएको सडक हो । सम्बन्धित निकायले तानसेन तम्घास सडक निर्माणको नेतृत्वकर्ता बैकुण्ठ बहादुर चन्दको योगदानको कदर गरेजस्तो लाग्दैन । यही सडक खुलेपछी हो नुनका भारी बोक्न बटौली तानसेन झर्न परेन । लाहुरबाट पर्कदा खलखली पसिना चुहाउदै झोलीगुन्टा बोक्नु परेन । बिरामी हँुदा ओखतिमुलो गर्न पाल्पा आउनजान सजिलो भयो । यही बाटोले नै तम्घास बजारलाई बिस्तार गर्न सघायो । बाग्लुङ र प्युठान पुग्ने चामल मट्टितेल को ट्रान्जिट तम्घास भयो । हामी सानै छदा खच्चडलाई भारी बोकाएर सरसामान लैजाने गरेको देखेको मलाई सम्झना छ । सरकारी र निजि शैक्षिक सस्थाले पनि तम्घासको चहलपहल र व्यापारलाई बढाउन सहयोग गरेका हुन । भारतीय र बिट्रिस सेनाका अबकाशप्राप्तहरु पेन्सन सुबिधा बुझनको लागी सपरिवार टेपरिकर्डर घन्काउदै आउथे । पेन्सन क्याम्प बर्षको दुईपटक बस्ने गथ्र्याे । क्याम्प बसुन्जेल त तम्घासको चहलपहल कति हो कति । पेन्सनवालाहरुले आफुले बुझेको पेन्सन रकमको आधाआधी त कपडा, रक्सी र मासुमै खर्च गर्छन भन्ने हल्ला पनि सुनिएकै हो । त्यही पैसा धेरै खर्च गर्ने भएर होकी पेन्सन क्याम्प बस्दा तमघासमा सिजन लागेको छ भन्थे । आँखैले देखेको कुरा त असत्य हुने जमाना आएको बेला सुनेको हल्ला सत्य हो कि असत्य हो जानिएन तर पेन्सन क्याम्प सुरु भएपछि ब्यापारीहरुले सिजन सुरु भो भन्थे । हेर्दाहेर्दै तम्घास बयस्क हुदै गयो। ब्यापार बढदै गयो । एक हातसम्म लामा मकैका घोंगा फल्ने खालपरेका बारीहरु घडेरीमा फेरिन थाले । यो घर फलानोको त्यो घर फलानोको भनेर चिन्न सकिनेमा घर नै गन्न नसकिने भो । २०५२ बाट सुरु भएको द्धन्द्धले पनि तम्घासलाई फाईदा नै ग¥र्यो । हेर्दाहेर्दै उदीनढुङ्गा भरियो । कोलेकापोखरा भरियो । धागिथुम बर्खामास मकैका बोटले हरियै देखिन्थ्यो आजभोली घरका छत धेरै देखिन्छन । सानो छदा माईस्थानबाट उपल्लो तम्घास साँझपख जाँदा डर लाग्थ्यो अहिले त झिलिमिली पो भो । त्यो बयस्क र भर्भराउदो बैश भएको तम्घास अब तम्घास रहेन । अलिअलि कपाल फुल्न थालेर, गाला चाउरी पर्न सुरु भएर बुढयौलीले छुन आटेजस्तो देखिन थालेछ । देश संघियतामा जाँदा परेको असर तम्घासलाई पनि परेछ । पहिलाजस्तो ब्यापार छैन । मान्छेको आउजाउ हवात्तै घटन पुगेको छ । बाउबाजेले जतन गरेर राखिदिएको घडेरी बेचेर घरखर्च चलाउनेहरु घडेरी बिक्रि नहुँदा मर्कामै परेजस्तो छ । अब बुढयौलीले छुनछुन लागेको तम्घासलाई फुड सप्लिमेन्ट खुवाएर बौराउन वर्तमान पुस्ताले ढिलो गर्नु हुदैन ।
    अब बस चलेका पुगेका गीत हैन जहाज आएका गीत बनाउनु पर्छ । रेसुङ्गा विमानस्थलमा विमानको परीक्षण उडान सम्पन्न भएपछी गुल्मीको पर्यटनमा सम्भावनाको ढोका खोलीएको छ । अब सालझण्डी तम्घास सडकलाई पनि छिटो सम्पन्न गर्न सरोकारवालाहरु तदारुकताकोसाथ लाग्नु पर्दछ । कालीगण्डकी करिडोर र रिडी तम्घास सिमलटारी हुदै जाने पुर्वपशिचम राजमार्गको निर्माणले पनि गति ल्याउने आशा राखौ ।यी राजमार्ग र विमानस्थल गुल्मीलाई समृद्ध गराउने आधार हुन । अरु जिल्लाले केन्द्रमा एक मन्त्री पनि नपाँउदा दुई मन्त्री गुल्मीले पाएको छ अझ यसो भनौ न थोकमा मन्त्री छन । केन्द्रमा सम्सद पनि थोकमै छन । प्रदेश मन्त्रिमण्डलमा पनि गुल्मीको प्रतिनिधित्व छ । प्रदेश संसद पनि थोकमै छन । केन्द्र सरकार, प्रदेश सरकार एकै पार्टीको, गुल्मीको कुल स्थानीय तहमा करीब दुई तिहाईमा केन्द्र र प्रदेश सरकार बनाउने पार्टीकै नेतृत्व छ । यो अनुकुल परिस्थितीमा ब्यवस्थित तरिकाले योजना बनाउने ,कार्यान्वयन गर्ने, स्रोतसाधन परिचालन गर्ने क्षमता नेतृत्वले देखाउने हो भने गुल्मीको समृद्धि नजिकै छ । गुल्मी जनजाती बाहुल्य जिल्ला, यहाँका जनजाती नेताहरु जातीय मोर्चामा केन्द्रमै पकड राख्ने गर्दछन । अब तम्घासमै जनजातीहरुको सस्कृतिको अध्ययन, संरक्षण केन्द्र सहितको होम स्टे संचालन गर्नुपर्छ । रेसुङ्गामा कम्तिमा २०० जना अटने हल सहितको सुविधासम्पन्न रिसोर्ट संचालन गर्नुपर्छ । भविष्यमा ठुलाठुला ब्यापारीक सस्थाका भेलाबैठकहरु रेसुङ्गाको शान्त वातावरणमा हुन सकोस । रेसुङ्गामै आर्युबेदिक पद्धति अपनाउने गरी उपचार र अध्ययन केन्द्र स्थापना गर्नुपछ । तम्घासमै सरकारी प्राविधिक शिक्षालय र सुविधासम्पन्न विशेषज्ञ सेवासहितको सामुदायिक अस्पताल स्थापना गर्न पहल गर्नुपर्छ । राणाहरुको शासनसत्तामा प्रत्यक्ष दबाब दिनसक्ने पवित्र धार्मिक स्थल रेसुङ्गाको उचित संरक्षण रउपयोग गर्नमात्र सकेपनि रेसुङ्गा नगरपालिका सर्मद्ध हुन सक्छ । रेसुङ्गा नगरपालिका अझ भनौ पुरानो तमास (तम्घास) बजारलार्ई गुल्झार बनाउन सकिन्छ ।

    Advertisement

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ६.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    भर्खरै

    • १.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • २.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ३.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    • ४.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    • ५.
      संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

    • ६.
      प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

    • ७.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

    • ८.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation