जनक पन्थ, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ ।
६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस्था गर्न लागिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । छत्रकोट गाउँपालिकामा ८६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पेन्सन दिन व्यवस्थाका लागि यही पुस २५ गते कार्यविधि बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए ।
Advertisement