ट्रकलाई ओभरटेक गर्न खोज्दा दुर्घटना, एकजनाको मृत्यु

पाल्पा। पाल्पामा सवारी दुर्घटना हुँदा मंगलबार एकजनाको मृत्यु भएको छ।

रिब्दीकोट गाउँपालिका- ४ भैरवस्थानस्थित बाहुन डाँडामा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार रिब्लीकोट -६ ठिमुरेका नरबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु ६८ प २०५ नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएर आज बेलुकी साढे ५ बजे दुर्घटना भएको उनले बताए।

मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको हो। चालकको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...