सुर्य थापा : व्यक्ति एक, आयाम अनेक

कामनाडेली,प्युठान। नेपाली राजनीतिमा यस्ता धेरै चर्चित र स्थापित पात्रहरु छन्, जसको पृष्ठभूमि पत्रकारिता रह्यो । जीवनको प्रारम्भमा पत्रकारिता थालेर व्यक्तित्व निर्माण भएपछि समयक्रममा कोही रहरले, कोही समयको माग वा आवश्यकता र कोही बाध्यताले राजनीतिक क्षेत्रमा आफूलाई क्रियाशील र समर्पित गर्ने व्यक्तित्वहरु धेरै छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकै पृष्ठभूमि पत्रकारिता थियो । पत्रकारिता पृष्ठभूमि भएका यस्तै एक व्यक्तित्वको नाम हो— सूर्य थापा

जीवनको लामो कालखण्ड झण्डै ३० बर्ष पत्रकारितामा समर्पित गरेका सूर्य थापा आगामी २०७९ मंसिर ४ गते हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रतिनिधिसभा सदस्यको लागि प्युठानबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । हालसम्म कुनै निर्वाचनमा उम्मेदवार नहुनुभएका उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)जस्तो विशाल पार्टीबाट सर्वसम्मतरुपमा सिफारिस हुनु आफैमा एउटा सुखद् र गौरव गर्न योग्य पक्ष हो । प्यूठान जिल्ला एकातिर नेकपा (मसाल) तथा उसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र मानिन्थ्यो । त्यसमाथि पाँचदलीय सत्तारुढ गठबन्धनले साझा मोर्चा बन्दी गरी उम्मेदवार तय गरेका छन् । यस्तो गम्भीर, सम्वेदनशील र चुनौतीपूर्ण अवस्थामा पनि नेकपा (एमाले)को तर्फबाट चुनावी मैदानमा होमिनु भएको छ । र, जीत हासिल गर्ने योजना बुनिरहनुभएको छ । परिस्थिति जस्तोसुकै कठिन र प्रतिकूल भए पनि त्यसको सामना गर्न उहाँ तम्तयार हुनुहुन्छ । कठिनाई र प्रतिकूलतालाई सहजता र अनुकूलतामा बदल्ने साहस बोकेर चुनावी मोर्चा सम्हाल्दै मैदानमा होमिनुभएको छ – सूर्य थापा ।

पिता खेतबहादुर थापा र माता खिमाकुमारी थापाको साहिलो छोराका रुपमा २०३१ साउन ८ गते जन्मिनुभएका सूर्य थापाको नागरिकताको नाम सूर्यबहादुर थापा क्षेत्री हो । प्रयोगमा सूर्य थापाको नामले चर्चित उहाँको जन्मस्थान झिमरुक गाउँपालिका–१, सौतामारे काभ्रेखोला हो । काठमाडौं महानगरपालिका–३४ कोटेश्वरमा बस्दै आउनुभएका उहाँ राजनीति र पत्रकारितामा सुपरिचित नाम हो । समाजशास्त्रमा स्नातकोत्तर तथा व्यवस्थापन र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएका उहाँले नेपाल प्रेस इन्स्टिच्यूटबाट पत्रकारितामा डिप्लोमा तालिम प्राप्त गर्नुभएको छ ।

खरो, स्पष्ट वक्ता र निडर नेताको आम छवि बनाउनुभएका उहाँ एक अध्ययनशील, शोधकर्ता र लेखक पनि हो भन्ने तथ्य जगजाहेर छ । उहाँले युवावयमै नेपाली राजनीतिमा ऐतिहासिक, महत्वपूर्ण र हस्तक्षेपकारी अर्थ र वजन राख्ने चारवटा पुस्तक समेत प्रकाशित गरिसक्नुभएको छ । सूर्य थापाले आफ्नो करिब ३० वर्षको उमेरमा नै २०६० सालमा नवयुग प्रकाशन प्रालिबाट “विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य” नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । राजतन्त्रकालीन त्यो समयमा उक्त पुस्तकको प्रकाशनले नेपाली राजनीतिक वृत्तमा एकप्रकारको तरङ्ग ल्याएको थियो । बाल्यकालदेखि नै “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ” भन्दै हुर्किएको नेपाली समाज त्यो पुस्तकको प्रकाशनले त्यतिबेला निकै तरङ्गित भएको थियो । यो पुस्तकले नेपालबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि बौद्धिक र जनस्तरमा महत्वपूर्ण योगदान गरेको थियो ।

पहिलो पुस्तक प्रकाशित भएको २ वर्षपछि अर्थात २०६२ सालमा फेरि उहाँले “नेपालमा राजतन्त्र र दलहरुबीचको सङ्घर्ष” नामक पुस्तक प्रकाशित गर्नुभयो ।

उक्त पुस्तकमा नेपालमा राजतन्त्र र दलहरुबीच चलेको सङ्घर्षको ऐतिहासिक चिरफार गरिएको छ । लगत्तै अर्को वर्ष २०६३ मा “राजतन्त्रको अर्थराजनीति” शीर्षकको अर्को पुस्तक प्रकाशित गर्नुभयो । २०६५ सालमा “नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना” शीर्षकको पुस्तक प्रकाशित गर्नुभएका उहाँले त्यसपछि भने राजनीतिक र अन्य महत्वपूर्ण जिम्मेवारीले, पुस्तक लेखन कार्यलाई निरन्तरता दिएपनि प्रकाशन गर्नुभएको छैन । पुस्तक लेखनका साथै सम्पादकीय कला सूर्य थापाको अर्को महत्वपूर्ण पाटो हो । उहाँले १० वटाभन्दा बढी महत्वपूर्ण र ऐतिहासिक पुस्तकहरुको सम्पादनसमेत गर्नुभएको छ । चर्चित वामपन्थी नेता तुल्सीलाल अमात्यको स्मृतिमा उहाँको जीवनयात्रा “अविश्रान्त राजनायक” सूर्य थापाले सम्पादन गर्नुभएको महत्वपूर्ण कृति हो । यो पुस्तक २०५४ सालमा अविर प्रकाशन काठमाडौंले प्रकाशित गरेको थियो । रुकुममा जनयुद्धकालीन समयमा तत्कालीन माओवादीबाट मारिएका नेकपा (एमाले)का नेता यदु गौतमको जीवनयात्रा समेटिएको “सलाम सहयोद्धा” शीर्षकको पुस्तक २०५६ सालमा प्रकाशित भएको थियो । यो पुस्तकमा पनि सूर्य थापाको सम्पादकीय कलाकौशललाई राम्रोसँग साक्षात्कार गर्न सकिन्छ ।

“संसदमा मदन भण्डारी” नामक विचारसंग्रह २०५६ सालमै प्रकाशित भयो । जननेता मदन भण्डारीले संसदमा गर्नुभएको सम्बोधनहरुको यो संग्रह मदन—आश्रित स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । यसको सम्पादन पनि सूर्य थापाले नै गर्नुभएको छ । प्ररायुसंघ नेपालले २०६३ सालमा प्रकाशित गरेको ‘युवा ः आन्दोलन र अनुभव’ नामक पुस्तकको सम्पादन पनि सूर्य थापाले नै गर्नुभएको थियो । मोतीदेवी स्मृति केन्द्रले २०६७ सालमा प्रकाशन गरेको “सङ्घर्षशील योद्धाहरु”, नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले २०६७ मा प्रकाशन गरेको साहित्यकार अग्निशिखाको जीवनयात्रा समेटिएको ग्रन्थ “सलाम कलमयोद्धा”, मदन—आश्रित स्मृति प्रतिष्ठानले २०७१ मा प्रकाशन गरेको “मदन भण्डारी ः संकलित रचनाहरु” (भाग १ देखि ७ सम्म)को सम्पादन पनि सूर्य थापाले नै गर्नुभएको छ । सोही प्रतिष्ठानले २०७१ सालमै प्रकाशित गरेको “मदन भण्डारी ः छानिएका रचनाहरु” (भाग ८)को सम्पादक पनि उहाँ नै हो । यी कृतिहरु नेपाली वामपन्थी आन्दोलन र समग्र राजनीतिक वृत्तका लागि संग्रहणीय र पठनीय रहेका छन् । मदन—आश्रित स्मृति प्रतिष्ठानले २०७१ सालमै प्रकाशनमा ल्याएको “मदन भण्डारी ः सेलेक्टेड वक्र्स” नामक अंग्रेजी पुस्तक र नेकपा (एमाले) केन्द्रीय पर्यटन प्रवद्र्धन विभागले २०७५ सालमा प्रकाशित गरेको “नेपालमा पर्यटन ः विकास र समृद्धिको आधार” नामक पुस्तकहरुको सम्पादन समेत सूर्य थापाले नै गर्नुभएको छ । उहाँकी जीवन सहयात्री सुवर्ण ओलीले ‘मदन भण्डारी– जीवनी र व्यक्तित्व’ विषयमा गर्नुभएको स्नातकोत्तर तहको शोधग्रन्थलाई मदन–आश्रित स्मृति प्रतिठानले पुस्तकका रुपमा प्रकाशन गरेको छ ।

राजनीतिक विश्लेषण र विचार विमर्शमा खरो स्वभावमा प्रस्तुत हुने सूर्य थापा एक कुशल पत्रकार हुनुहुन्छ ।

उहाँले २०४९ सालमा आफै प्रकाशक÷सम्पादक बनेर काठमाडौंबाट अभिमान त्रैमासिक पत्रिकार निकालेर पत्रकारिताको दुनियाँमा पाइला टेक्नुभएको थियो । त्यसको केही वर्षपछि अर्थात २०५१ सालदेखि २०५२ सालसम्म उहाँले तत्कालीन समयमा निकै चर्चित दृष्टि साप्ताहिकमा सम्वाददाता र सहसम्पादकको जिम्मेवारी सम्हाल्नुभयो । उहाँले २०५२ सालदेखि २०६४ सालसम्म करिव १२ वर्ष बुधवार साप्ताहिकको सहसम्पादक, कार्यकारी सम्पादक हुँदै सम्पादकको नेतृत्वदायी जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुभयो । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागको राजनीतिक पत्रिका नवयुग मासिकको सम्पादन मण्डलको सदस्य, कार्यकारी सम्पादक र सम्पादकको भूमिका निर्वाह गरेर आफ्नो सम्पादकीय कुशलता प्रदर्शन गर्नुभएको थियो । २०५९ देखि २०७८ सालसम्मै उहाँले नवयुगको सम्पादकीय टिममा सदस्य र नेतृत्व सम्हाल्नुभएको थियो । यसबीचमा २०५३ देखि २०५४ सम्म रेडियो नेपालको निकै चर्चित र लोकप्रिय दैनिक कार्यक्रम “घटना र विचार”को सहसञ्चालकको रुपमा पनि काम गरेको अनुभव उहाँसँग छ । उहाँले रेडियो नेपालकै दैनिक रेडियो कार्यक्रम “परिवेश’लाई पनि २०५५ देखि २०५६ सालसम्म सह—समन्वयकर्ताको रुपमा संयोजन गर्नुभएको थियो । २०५८ सालमा नेकपा (एमाले) प्युठान—काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित विचारप्रधान पत्रिका “रातो फूलवारी”को प्रधानसम्पादकको जिम्मेवारी पनि उहाँले सम्हाल्नुभएको थियो । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य भए तापनि हाल स्वतन्त्र पत्रकारको परिचयमा स्थापित हुनुहुन्छ । र, सामयिक राजनीतिक लेखनमा उत्तिकै सक्रिय देखिनुहुन्छ ।

पत्रकारितामा क्रियाशील सूर्य थापा आजसम्म आइपुग्दा विभिन्न महत्वपूर्ण राजकीय जिम्मेवारीहरुलाई आफ्नो क्षमता, योग्यता, बुँता र बर्कतले भ्याएसम्म कुशलतापूर्वक निर्वाह गरेको पाइन्छ । उहाँले २०६१ सालमा तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सञ्चार परामर्शदाता (सल्लाहकार)को रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो । त्यसपछि २०६७ देखि २०६८ सम्म तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकारको रुपमा आफूलाई अब्बल सावित गर्नुभयो । २०७६ देखि २०७८ सालसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्नुभयो र ओली सरकारलाई सफल बनाउन प्रयासरत रहनुभयो । राज्यमन्त्रीस्तरका यी दुई जिम्मेवारीहरुलाई पनि उहाँले सहज, सरल र कुशल तरिकाले निर्वाह गर्ने कोशिस गर्नुभयो ।

आफूलाई दिइएको भूमिका र जिम्मेवारीलाई पूरा गर्न दिलोज्यान दिएर खरो उत्रने स्वभावका सूर्य थापाले विभिन्न क्षेत्रबाट प्रदान गरिने पुरस्कार तथा सम्मानहरु पनि प्राप्त गर्नुभएको छ ।

सामाजिक विकास सम्बन्धी विश्व शिखर सम्मेलन (कोपेनहेगन)का बारेमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम भएर सूर्य थापा २०५२ सालमा समाज कल्याण परिषदबाट पुरस्कृत हुनुभएको थियो । यदु स्मृति प्रतिष्ठान रुकुमबाट २०५९ सालमा “यदु स्मृति पत्रकारिता पुरस्कार” प्राप्त गर्नुभएका उहाँलाई २०७६ सालमा तत्कालीन प्रेस सेन्टर नेपालले “कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार” प्रदान गरेको थियो ।

पत्रकारिताका धरोहर सूर्य थापा मूलतः पत्रकारितामा सक्रिय रहेपनि उहाँले आफूलाई प्रेस तथा सञ्चारसम्बद्ध संगठनहरुबाट कहिल्यै विमुख गराउनुभएन । उहाँले श्रमजीवी पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित सञ्चारसम्बद्ध संगठनहरुमा पनि आफूलाई उत्तिकै क्रियाशील बनाउँदै आउनुभएको छ । त्यसक्रममा उहाँले विभिन्न सञ्चारसम्बद्ध संगठनहरुको नेतृत्वदायी भूमिकाका साथै पार्टी संगठनमा पनि उस्तै लोभलाग्दो क्रियाशीलता देखाउँदै आएको पाइन्छ । यही मेसोमा उहाँले २०५७ देखि २०५९ सालसम्म नेकपा (एमाले)निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यतिमात्र होइन उहाँ २०६२ देखि २०६५ सालसम्म नेपालका पत्रकारहरुको साझा र सर्वोच्च संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको रुपमा आफ्नो जिम्मेवारीलाई पूरा गर्नुभएको थियो । केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा तत्कालीन संकटग्रस्त राजनीतिक परिदृश्यमा उहाँकै प्रस्तावमा नेपाल पत्रकार महासंघले आफूलाई गणतन्त्रको पक्षमा उभ्याउने अर्थात् सर्वसम्मत निर्णय गर्न सफल भएको थियो । केन्द्रीय समितिमा सूर्य थापाले प्रस्ताव राखेपछि एकमतले पारित गरी औपचारिकरुपमा नै पत्रकार महासंघ गणतन्त्रको पक्षमा उभिएको थियो र २०६२÷६३ को जनआन्दोलनमा निर्णायक भूमिका खेलेको थियो । त्यहिबेला, सूर्य थापाले साप्ताहिक—पाक्षिक पत्रिका सङ्घर्ष सञ्जालको सचिवको केन्द्रीय जिम्मेवारीलाई २०६१ देखि २०६५ सालसम्म सम्हालेर आन्दोलित गर्नुभएको थियो । उहाँले २०७० सालमा प्युठान विकास मञ्च काठमाडौंको स्थापनासँगै अध्यक्षको जिम्मेवारी पनि सम्हालेको पाइन्छ ।

विभिन्न सामाजिक तथा साझा संघसंगठनहरुको नेतृत्व गर्नुका साथै उहाँ पार्टी कमिटीहरुको जिम्मेवारीलाई बहन गर्ने कुरामा पनि कहींकतै पछि परेको पाईदैन ।

त्यसक्रममा २०५३ देखि २०५४ सालसम्म नेकपा (एमाले)को पार्टी—पत्रकार केन्द्रीय फ्याक्सनका सदस्य, २०५४ देखि २०५५ सम्म नेकपा (एमाले)को सञ्चार इलाका कमिटीको सदस्य, २०५५ देखि २०५६ सम्म नेकपा (एमाले) प्युठान—काठमाडौं सम्पर्क मञ्चको सचिव, २०५५ देखि २०५९ सालसम्म नेकपा (एमाले) प्युठान—काठमाडौं सम्पर्क मञ्च र राप्ती काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारीलाई पनि उहाँले निर्वाह गर्नुभयो । २०५७ सालदेखि २०५९ सालसम्म प्रेस चौतारी नेपालको केन्द्रीय प्mयाक्सन सदस्य, २०६२ देखि २०६५ सालसम्म नेपाल पत्रकार महासंघको केन्द्रीय फ्याक्सन सचिव, २०५९ देखि २०६४ सालसम्म नेकपा (एमाले) केन्द्रीय प्रचार विभागको सदस्यका साथै २०६४ देखि २०७१ सालसम्म नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिव र पार्टीको केन्द्रीय राजनीतिक पत्रिका ‘नवयुग’को कार्यकारी सम्पादक र सम्पादकको रुपमा क्रियाशिल रहनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन २०७१ सालमा सम्पन्न भयो । उक्त महाधिवेशनबाट सूर्य थापा केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ निर्वाचित हुनुभयो । २०७१ देखि पार्टीको दशौं महाधिवेशनसम्म आइपुग्दा उहाँले पार्टीको केन्द्रीय प्रचार विभागको उपप्रमुख, पे्रस चौतारी नेपालको सहइन्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । त्यसै अवधिमा केन्द्रीय पर्यटन प्रवद्र्धन विभागको प्रमुख, पर्यटनसँग सम्बन्धित संगठनहरुको इञ्चार्जको जिम्मेवारीलाई पनि कुशलतापूर्वक निर्वाह गर्नुभयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागको उपप्रमुखको जिम्मेवारीलाई २०७५ देखि २०७७ सम्म सम्हाल्नुभएको हुँदा पार्टी विभाजनपछि २०७७ देखि २०७९ सालसम्म नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागको उपप्रमुखको जिम्मेवारीमा क्रियाशील रहनुभयो ।

वैचारिक र राजनीतिकरुपमा नेकपा (एमाले) निकटका पत्रकारहरुको नेपालकै सबैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपालको इन्चार्जको रुपमा थापाले २०७८ देखि २०७९ सम्म नेतृत्व गर्नुभयो । यता, २०७८ साल मंसिरदेखि हालसम्म सूर्य थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो सदस्यका रुपमा आफ्नो राजनीतिक जिम्मेवारीलाई निर्वाह गरिरहनुभएको छ । उहाँ २०७८ साल मंसिरदेखि हालसम्म नेकपा (एमाले)को प्युठान जिल्ला इन्चार्जको भूमिकामा कार्यरत हुनुहुन्छ ।

समाजसेवामा रुचि राख्ने सूर्य थापाले स्वदेशका ७५ जिल्ला घुमिसक्नुभएको छ । ७५ जिल्लाहरुमा घुमिसक्दा उहाँले नेपाली माटोको सही परख पनि गरिसक्नुभएको छ । त्यतिमात्र होइन उहाँले हालसम्म करिब दुई दर्जन मुलुकहरुको भ्रमणसमेत गरिसक्नुभएको छ । जनवादी गणतन्त्र चीनको पाँचपटक (तिब्बत र हङकङ समेत), रुस, भारत, भुटान, फिनल्याण्ड, टर्की, बेल्जियम, जर्मनी, फ्रान्स, लक्जेम्वर्ग, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरेबिया, थाइल्याण्ड, भियतनाम र कम्बोडियालगायत दुुई दर्जन देशको भ्रमण गरेर आफूलाई समृद्ध, परिपक्व र उर्जाशील बनाउँदै आउनुभएको छ । विभिन्न विदेशी मुलुकहरुको भ्रमणबाट सिकेर नेपाललाई यहीको परिवेशमा कसरी समृद्ध बनाउने भन्ने हुटहुटी उहाँमा रहेको पाइन्छ ।

देश वा जिल्लाको समग्र विकासका लागि एकजना नेता वा उसको दूरदृष्टिले मात्र पुग्दैन । त्यसका लागि पहलकदमी अत्यावश्यक हुन्छ । पहलकदमीका लागि पहुँच अर्को महत्वपूर्ण पाटो हो । निर्वाचनका बेला जनप्रतिनिधिका उम्मेदवारहरुमा शिक्षित, विवेकशील र सचेत मतदाता अर्थात् जनताका आँखाले यही कुरा खोज्ने गर्छन्— दूरदृष्टि, पहलकदमी र पहुँच । सचेत प्यूठानी जनताले पनि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना जनप्रतिनिधिहरुमा यही कुरा खोज्ने निश्चितप्रायः छ । घामजत्तिकै छर्लङ्ग छ— जिल्लाको समग्र विकासको दूरदृष्टि, पहलकदमी र पहुँचका लागि उपयुक्त पात्र हुनुहुन्छ– सूर्य थापा । ढुंगाको काँपबाट उम्रेको पिपल जस्तै उहाँ निरक्षर वुवाआमाको सुशिक्षित र सुपठित छोरा, इमान्दार र निष्ठावान नेता, द¥हो र दरिलो नेतृत्वकर्ता अनि आँटेको काम र बोलेको कुरा पुरा गर्ने वचनको पक्का व्यक्तित्व हुनुहुन्छ ।

 आउनुहोस्, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावमा प्यूठानबाट उहाँलाई अत्याधिक मतले विजयी गराऔं । प्यूठानको सच्चा प्रतिनिधिको रुपमा डेढ लाखभन्दा बढी मतदताको आशा, विश्वास र भरोसाको जिम्मेवारी सुम्पेर जिल्लाको राष्ट्रिय भूमिका, हैसियत र निर्णय क्षमता बढाउन योगदान गरौं।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...