• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ७. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • १०. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

यातायात क्षेत्रका समस्या र समाधानहरु


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • काशीराम उपाध्याय । 
    मानिस र सामान एक ठाउँबाट अर्को ठाउँ ओसार पोसार गर्ने महत्वपूर्ण अंग यातायात हो । हामीलाई अवगत नै छ यातायातको माध्यम भनेको सडक, हवाई, रेलवे, पानीजहाज हो । नेपाल भूपरिबेष्ठित राष्ट्र भएकोले पानीजहाजको सम्भावना ज्यादै न्यून छ ।
    नेपालमा रेलवेको सुरुवात वि.सं. १९२७ मा चन्द्र शम्शेरले गरेता पनि हाल सम्म रेलवेको विकास नहुँदा नेपालको विकासमा कमी देखिएको हो । हाम्रो छिमेकी देश भारतको विकासमा महत्वपूर्ण भूमिका रेलवेको छ । विभिन्न अध्ययनकर्ताका अनुसार रेलवेको विकास नभएको कारणले गर्दा देशको विकास हुन नसकेको देखिन्छ । धेरै पहिला नै रहेका रक्सौल – अम्लेखगंज रेलवे, नेपाल जनकपुर – जयनगर रेलवे, धरान – चतरा रेलवेलाई निरन्तरता दिन र थप रेलवेको विकास गर्न नसक्दा नेपालले यातायात क्षेत्रमा ठूलै क्षति बेहोर्नु परेको छ । जसको कारणले गर्दा पनि नेपालको आर्थिक र सामाजिक प्रगति नभएको देखिन्छ ।
    हवाई यातायाको लागि नेपालको कठिनाई भौगोलिक अवस्था हुनु, मौसम परिवर्तन भईरहने हुनु र सडक यातायात भन्दा हवाई यातायात महँगो हुने हुँदा नेपालको लागि सबैभन्दा उपयुक्त यातायातको माध्यम सडक नै हो ।
    हाल नेपालमा लगभग एक लाख कि.मी सडक रहेता पनि बीस प्रतिशत (२०५) सडक मात्र पक्की छ । राष्ट्रिय योजना आयोगको स्थापना काल १९५६ देखि नै सडक पूर्वाधार निर्माणको लागि पहिलो प्राथमिकता दिए पनि हाल सम्म रहेको सडकको भौतिक अवस्था वा २० प्रतिशत सडक मात्र पक्की गरिएको छ । जसबाट नेपालको भौतिक विकासको गति सजिलै मापन गर्न सकिन्छ ।
    नेपाल टाइम्स अनुसार, सन् २०१४ देखि सन् २०२१ सम्म लगभग ७५६०० सडक दुर्घटना भएको देखिन्छ । जसको कारण प्रत्येक बर्ष लगभग चार हजार जना नेपालीले अल्पायुमै ज्यान गुमाउनु परेको छ । सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही, द्रुतगतिमा सवारी चलाउनु, मा.प.से. गरेर सवारी चलाउनु र सवारी साधनको खराबी भन्ने लागेता पनि यी कारणहरु भन्दा निकै ठूलो कारण नेपालका सडक “सडक मापदण्ड” विपरित निर्माण हुनु हो । नेपालका अधिकांश सडकमा हुनुपर्ने न्यूनतम मापदण्डहरु जस्तै सडकको चौडाई, सडकको चढाइ, सडकका घुम्तीहरुमा हुनुपर्ने अर्धव्यास, सडक सुरक्षा मापदण्डको पालना नगरि बनाइएका छन् ।
    इन्जिनियरिङ्ग नीति अनुसार लागत अनुमान तयार गर्दा, लागत अनुमान र वास्तविक लागतमा जम्मा ५ प्रतिशत मात्र फरक हुन पाउँदछ तर नेपालका अधिकांश ठेक्काहरुमा ठेकेदारहरुले ठेक्का रकम वा लागत अनुमान रकम भन्दा ५० प्रतिशत घटी आयोजनाको ठेक्का लिँदा समेत नाफा गरी आफ्नो व्यवसाय चलाएको हामीले स्पष्ट देखिराखेका छौं । जसबाट हामीले के थाहा पाउँन सकिन्छ भने कि इन्जिनियरहरुले लागत अनुमान नै बनाउन नजानेको देखिन्छ, कि त ठेकेदारहरुले कामको गुणस्तर घटाइ आयोजना पूरा गरेको देखिन्छ । हामीले देख्दै आएका सडकहरुमा कुनै पनि काम गुणस्तरको नभएको स्पष्ट देख्छौं । जस्तै बनाएको एक बर्ष नपुग्दै सडकमा खाल्डा–खुल्डी देखिनु, सडकमा बनाइएका ठूला–ठूला पर्खालहरु आयोजना सम्पन्न नहुँदै भत्किनु र एक बर्षको समय अवधिमा नै धेरै सडक पुल भत्किएको समाचार आउनु ।
    के यी सबै समस्याको कारण इन्जिनियर र ठेकेदारको लापरवाही हो त ? यो सबै समस्याको समाधान गर्नका लागि देशको राजनीतिक नेतृत्व निष्ठावान, इमान्दार, बौद्धिक भएमा मात्र देशका कर्मचारीलाई कुशल परिचालन गर्दै, खरीद ऐनमा सुधार गरी ठेकेदारलाई जवाफदेही बनाई कार्य गर्न सकेमा देशले सडक यातायात क्षेत्रमा भोग्दै आएको समस्याबाट छुट्कारा पाउनेछ ।

    Advertisement

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को

    भर्खरै

    • १.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • २.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ५.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ६.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ७.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ८.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation