प्युठान। प्युठानको माण्डबी गाउँपालिका वडा नम्बर ४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जना ब्याक्तीको शब आज भेटिएको छ ।
Advertisement
फरिण्डेका ५५ वर्षीया थमा बुढामगर, २१ वर्षीया टेकी राहुँ र १८ वर्षीया मौसमी थापामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए।
उनका अनुसार पहिरोमा बेपत्ता भएका ६० वर्षीय बोम बहादुर राहुँ,४ वर्षीय सुशान राहुँ र ६० वर्षीय हीराबहादुर थापाको अबस्था भने अझै अज्ञात छ ।
उनिहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक थापाले बताए।
शुक्रवार दिउँसो घर माथिबाट आएको पहिरोले बोम बहादुर राहुँको घर पुर्दा दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए।