मन्दिर जाँदै गरेकाे जीप दुर्घटना हुँदा सल्यानमा २ काे मृत्यु, १७ जना घाइते

रूपन्देही । सल्यानमा मन्दिर जाँदै गरेकाे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
साे घटनामा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन मृत्यु भएको सल्यान प्रहरी जनाएको छ ।
रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ ।
जीपमा चालकसहित १९ जना यात्रुु थिए । घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएकाे छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...