गुल्मीमा टेलरमा बोकेर ल्याउदै गरेको जेसिबी दुर्घटना

 अनिल खत्री, गुल्मी गुल्मीमा टेलरमा बोकेर ल्याउदै गरेको जेसिबी दुर्घटना भएको छ । बुधवार जिल्लाको चन्द्रकोट गाउँपालिका शन्तिपुरबाट तम्घास ल्याउदै गरेको बा ३ क २८०७ नम्बरको जेसिबी लु २ ख ५३५४ नम्बरको टेलरमा ल्याउने क्रममा दुर्घटनामा परेको हो । डि एन डि बिल्डर्स प्रालिको जेसिबि मुसिकोट नगरपालिकाको इन्द्रेगौंडा रातडाँडा सडकको भज्याङ्ग भन्ने स्थानमा दुर्घटना परेको डि एन डि बिल्डर्स प्रालिका प्रबन्धक धनिश्वर गौतमले बताए । टेलरमा ल्याउने क्रममा दुर्घटनामा परेको जेसिबिबाट मानविय क्षती भने नभएको गौतमले बताए । टेलरबाट खसेको जेसिबि सडकै पल्टीएर क्षती भएको प्रबन्धक धनिश्वर गौतमले बताए ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...