• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठानको पूराना चुनावः सँधै फरक नतिजा, यसपालि के हाेला ?


  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
  • प्युठान। प्युठान राजनीतिक नेतृत्व जन्माउने जिल्लाका रूपमा चिनिन्छ । नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरूमध्ये केही प्युठानकै छन् । नेता मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा र सूर्य थापालगायत कम्युनिस्ट नेता अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन्। नेतैनेता भएको प्युठानमा चुनावको इतिहास भने रोचक छ ।

    Advertisement

    प्युठानको जनमत हरेक निर्वाचनमा फेरिएको हुन्छ । २०१५ सालको आमचुनावमा प्युठानका तीनै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। त्यसवेला प्युठान उत्तरपश्चिमबाट खडानन्द उपाध्याय, प्युठान मध्यपूर्वमा अनिरुद्र शर्मा र पूर्व दक्षिणवाट पुरुषोत्तम शर्मा विजयी हुनुभयो ।

    २०४६ सालमा बहुदल आएपछि भएका सातवटा निर्वाचनमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन। जनमत अस्थिर देखिए पनि त्यसयताका सबै निर्वाचनमा कम्युनिस्ट शक्तिकै वर्चस्व रहँदै आएको छ । अहिले पनि ७७ प्रतिशत जनमत वामपन्थीकै पक्षमा देखिन्छ । २०४८ सालको निर्वाचनलाई नेकपा मसालले बहिष्कार

    गठबन्धनभित्र प्युठानमा तीनै दलले सिटको दाबी गरेका छन् । माओवादी कोटाबाट वामदेव गौतमले टिकट नपाएको खण्डमा जनमोर्चाका उपाध्यक्ष तथा निवर्तमान सांसद दुर्गा पौडेल नै उम्मेदवार बन्ने आकलन गरिएको छ ।

    गरेकाले प्युठानका दुवै क्षेत्रमा कांग्रेस विजयी भएको थियो। यस जिल्लाको क्षेत्र नम्बर १ बाट कांग्रेसका शिवराज सुवेदी र क्षेत्र नम्बर २ बाट मुक्ति शर्माले जित्नुभयो ।

    २०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट पुनः सुवेदी र क्षेत्र नम्बर २ वाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जित हासिल गर्नुभयो । २०५६ सालको निर्वाचनमा नेकपा एमालेसँगको तालमेलमा दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । जहाँ क्षेत्र नम्बर १ बाट हरि आचार्य र क्षेत्र नम्बर २ बाट नवराज सुवेदी दोहोरिनुभयो २०६४ सालको संविधान सभा निर्वाचनमा मतदाताको मन नेकपा माओवादी केन्द्रतिर ढल्कियो । क्षेत्र नम्बर १ बाट नारायण अधिकारी र क्षेत्र नम्बर २ बाट दीपक केसीले जित्नुभएको थियो ।

    २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दुईवटै क्षेत्रमा नेकपा एमाले हावी भयो । क्षेत्र नम्बर १ बाट एमालेका वामदेव गौतम र क्षेत्र नम्बर २ बाट हीरा केसी विजयी हुनुभएको थियो ।

    त्यस्तै २०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चाको तालमेलमा मोहनविक्रम सिहंकी श्रीमती दुर्गा पौडेलले चुनाव जित्नुभएको थियो । यस पटक पनि प्युठानमा मङ्सिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन निकै रोचक हुने देखिन्छ । सत्ता गठबन्धनभित्र दलहरू चुनावी तालमेल मिलाउने कसरतमा छन्। एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्न सूर्य थापालाई मैदानमा पठाएको छ । पत्रकारिताबाट राजनीतिमा आएका थापा मतदाताका लागि नयाँ अनुहार हुनुहुन्छ

    गठबन्धनभित्र प्युठानमा तीनै दलले सिटको दाबी गरेका छन्। माओवादी कोटाबाट वामदेव गौतमले टिकट नपाएको खण्डमा जनमोर्चाका उपाध्यक्ष तथा निवर्तमान सांसद दुर्गा पौडेल नै उम्मेदवार बन्ने आकलन गरिएको छ ।

    उहाँको सिधा प्रतिस्पर्धा एमालेका थापासँग हुने सम्भावना छ। यद्यपि कांग्रेसले पनि आफ्नो दाबी छोडेको छैन । प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र भएकाले गठनबन्धनको तर्फबाट पौडेलको सम्भावना बलियो देखिएको स्थानीयवासी बताउँछन्

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation