राजकुमार ठाकुर,कपिलबस्तु। कपिलवस्तुमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेकोे चितुवा देखा परेको छ । जिल्लाको विजयनगर गाँउपालिका अन्तरगत पर्ने जवाबैराठको घना जंगलमा चितुवा देखा परेको हो । विजयनगरका स्थानिय नागरिकहरु जंगलमा जादा भाले जातको वयस्क चितुवा देखेको बताएका छन ।डिभिजन वन कार्यालय ठाकुरापुरका फरेष्टर गणेश पुरीका अनुसार त्यस क्षेत्रमा चितुवा छ भन्ने गरेको सुनिएको थियो तर आज देखा परेको छ । स्थानियले जंगलमा बसेको चितुवाको भिडियो रेकड गरेका थिए र चितुवा बसेको स्थानमा पुगेपछी स्थानियलाई देखेर चितुवा भागेको भिडीयोमा देखीएको छ ।चितुवा देखीएको क्षेत्रमा स्थानियलाई नजान सुचित गरेको डिभिजन वन कार्यालय ठाकुरापुरका फरेष्टर गणेश पुरीले बताउनुभयो । कपिलवस्तुमा देखीएको चितुवाको अंग्रेजी नाम लियोपार्ड भनिन्छ ।चितुवा तराईका घना जंगलमा पाइन्छ । चितुवाको चोरी सिकारी गरेको खण्डमा ५० हजारदेखि ५ लाखसम्म र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको छ
