• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नामथरको अपमान र सामाजिक दृष्ट्रीकोण


  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित
  • – कृष्ण बिश्वकर्मा ‘ विजय’
    भन्नेहरु भन्छन नामथर केही हैन कर्म ठूलो हो । भन्नेहरू भन्छन राम्रो काम गरेपछि नाम सम्मानित भैहाल्छ । त्यसोभए दैलेखका करबिर कामीले अपराध गरेका कारण नागरिकता प्रमाणपत्रमा कुकुरे कामी भएका हुन र ? नामथर केही हैन भन्नेहरूले वास्तविक पिडा बुझ्न सक्दैनन । केही दिन अघि कान्तिपुर दैनिकले अपमानजनक नामथर बारे समाचार छापेपछी गृह मन्त्रालयले कमजोरि सच्चाउन निर्देशन दियो ।
    भन्ने गरिएका दलित समुदायका केही ब्यक्तिहरुका नागरिकता प्रमाणपत्रमा अपमानजनक नामथर हुनुले हाम्रो सामाजिक चेतनास्तरलाई प्रकट गरेको छ । अपमानजनक नामथरले जातिय अहंकारलाई प्रकट गरेको छ । अपमानजनक नामथरले यी जैरेहरुलाइ जे भन्दा नि हुन्छ जे गर्दा नि हुन्छ भन्ने समाजका तत्कालीन भद्र भलादमी भनिने, शासक प्रशासकको सोचाइलाइ प्रकट गरेको छ ।
    नागरिकता बितरण टोलि समाजको हुनेखाने सम्पन्नकोमा बस्ने अनि त्यही कथित भलादमिले जे नाम भन्छ त्यसै अनुरुप सिफारिस गराएर नागरिकता जारी गर्दा अपमानजनक नामथर रहेका हुन । मैले नामथर सम्बन्धि धेरै अनुभव लिएको छु सबै लेख्दा लामो हुनसक्छ।
    म सङ्गै पढेका धेरै साथीहरूले ९ कक्षामा रजिष्ट्रेशन फर्म भर्दा जन्ममिती सच्चाए।  तर मैले कृष्ण बहादुर बि.क. लाई कृष्ण बिश्वकर्मा गराएर फर्म भर्न खोज्दा फर्म भर्न सिकाउने शिक्षकको गाली खाएको छु । २०५६ सालमा ९ कक्षा पढनेलाई शिक्षकले बि.क. को ठाउँमा बिश्वकर्मा गराउन त नदिने सोच थियो भने दुर्गम गाउको अशिक्षित ब्यक्तिहरुको हालत के थियो होला अनुमान गरौ त ।
    २०६९ मा निजामतिमा छिरियो । एउटा साथी थिए सङ्गै पास भएको सुब्बा नै हुन । बोलाउदा खेरी लेग्रो तानेर कृष्ण बहादुर जि, कृष्ण बहादुर जि लेग्रो तानितानी जबर्जस्ती बहादुर जोडेको ख्याल गरिराथे अनि स्टाफ मिटिङ्गमा लेग्रो तानेर बोल्नेको नाममा नाथ जोडिएको थियो मैले नाथ नबोलेर बहादुर नै जोडेर बोलाएपछी किन बहादुर जोडेको भनेर रिसाए । मेरोमा जोडन हुने मैले जोडिदिन किन नहुने भन्दिए । तपाईंको त प्रमाणपत्र मै छ त त्यही भएर भनेको भन्दा मैले पनि तपाईंकोमा नभएको हुदा मैले बोल्दा जोडिदिए अनि चुप। त्यसपछी कहिल्यै पनि बहादुर जोडेनन । सवारी साधनमा यात्रा गर्दा सुरुमा सर, हजुर बोल्नेले के थरी? कस्मा? सोधेर थर पत्ता लगाएपछि तिमी र त मा ओर्लनेलाई म पनि तिमी र त नै धेरै पटक भनेको छु । एकपटक ७० बर्ष आसपासको बुढोलाइ समेत त नै भनेको छु ।
    बिदेशतिर कम्पनीमा काम गर्ने क्रममा, सार्बजनिक कार्यक्रम हरुमा ब्यक्तिलाइ बोलाउदा सुरुमा थर अनि नाम बोलाउने रहेछ । अर्घाखाँची केरुङ्गाका शिलाल नेपाली र मेरा अन्कल गुल्मी दरबार गाउपालिकाका सुर्य सुनारको नागरिकताको थर राख्नुपर्नेमा जात ( सार्की, कामी) राखिएको रहेछ ।
    शिलाल जि ले थर सच्चाउन वडा कार्यालयबाट सिफारिस गराउनु भएछ तर जिल्ला प्रशासन अर्घाखाँचीमा नागरिकता फाटको सुब्बाले घुमाउनु घुमाएछ । दिनु दुख दिएछ । बुटवलमा ब्यबसाय गरेर बस्ने शिलाल पटकपटक अर्घाखाँची जिल्ला प्रशासन कार्यालय जादा पनि काम भएनछ । प्रसङ्गबश शिलाल जिले यो समस्या मलाई सुनाउनु भो । मेरो छिमेकी दाइ बिक्रम त्यतिबेला अर्घाखाँची प्रशासनमै प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । उहाँ सङ्ग कुरा गरे । हाम्रा मान्छेलाई फाटवालाले दिनु दुख दिए , २०६३/०४/२१ को गृह मन्त्रालयको सचिवस्तरीय निर्णयको प्रतिलिपी र वार्डको सिफारिस लिएर जादापनी दुख दिए भन्दिए । उहाले ल यो समयमा सिधै मेरोमा पठाउनु भन्नू भो । बिक्रम दाइलाइ भेटेको आधा घन्टामै थर सच्चियो ।
    सुर्य अन्कललाई पनि थरले समस्यामै पारेको लज्जित गराएको थियो । मलाई समस्या सुनाउनु भो । मैले गृह मन्त्रालयको सचिवस्तरीय पत्रको प्रतीलिपि सहित म आफैंले निवेदन लेखिदिए । यो निवेदन वडामा लगेर दिनु सचिवले सिफारिस बनाइदिन्छ, अध्यक्षले सहि गर्दिएपछी जिल्लामा ल्याउनु काम हुन्छ भनेर गुल्मी दरबार पठाए । वार्ड सचिव र अन्कल छिमेकी रहेछन । उस्ले मरिगए सिफारिस लेखिदिन मानेन । उसलाइ त त्यो नामथरमा बोलाउदा हेप्न पाइयो भनेर मख्ख पर्ने बानी हुदो हो । सचिवलाइ म आफै फोन गरे । मैले म राजनीतिक ब्याकग्राउन्डबाट निजामतीमै आएको मान्छे हो । नियम कानुन बिपरित काम गर्नुस भनिएको छैन । बकाइदा गृहको पत्रसङ्गै छ । सिफारिस बनाइदिन नमिल्ने भए कुन कानुनको कुन दफा अनुसार नमिल्ने हो लेखिदिनुस हैन भने उपल्लो ठाउबाट फोन ठोकाउन पर्ने हो कि घिउ निकाल्न औलो बाङ्गो गराउन पर्ने हो त्यो मलाई राम्रोसँग था छ भन्देको एकैछिनमा सिफारिस तयार गरेर आफै वडा अध्यक्षलाई फोन गरेर बोलाइ सहि समेत गराएर पत्र दियो । सिफारिस ल्याएपछि त गुल्मी प्रशासन कार्यालयमा १० कक्षा सम्मको सहपाठी भन्दा नि बेन्चपाठी उद्धव प्रशासकिय थिए । नागरिकता सजिलै सच्चियो ।
    हाम्रो समुदायका सबै ब्यक्तिमा आफुलाइ आबश्यक पर्ने कानुनी ज्ञान छैन । ज्ञान भएकाले सहि बाटो देखाइदिनु पर्छ । सबै कर्मचारी बिक्रम थापा र उद्धव पन्थी जस्तो उदार पनि हुदैनन । कर्मचारीले कानुनले मिल्ने हदसम्म जनतालाइ सहजरूपमा सेवासुबिधा दिने उदारता सबै कर्मचारीले देखाउदैनन ।
    छापा र अनलाइन मिडियामा अपमानजनक नामथर बारे निरन्तर समाचार आएपछि, साम्सदहरुले सम्सदमा समेत आवाज उठाएपछि गृह मन्त्रालयले मिति २०७९/०४/२३ गते सम्बन्धित ब्यक्तिले चाहेमा नामथर सच्चाउन निर्देशन दिएको छ । यो निर्देशन सहि छ तर पनि प्रहरी रिपोर्ट र मुचुल्का बिना नामथर सच्चाउन कानुनत नमिल्ने भएकोले प्रहरी रिपोर्ट र मुचुल्काको ठाउँमा वार्ड समिती ( अध्यक्ष र ४ सदस्य ) को संयुक्त सिफारिसमा सच्चाउन मिल्ने ब्यबस्था हुने हो भने झन्झट हुने थिएन ।

    Advertisement

    आइतबार, साउन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation