बेवारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक बरामद

दाङ । रुकुम पूर्व, भुमे गाँउपालिका वडा नं. ७ डाङग्रीवाङ जंगलको धरमशालामा ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा ३ नाल चालु अवस्थामा र १ नाल बेचालु अवस्थामा गरी जम्मा ४ नाल भरुवा बन्दुक फेला परेको हो । फेला परेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...