जिल्ला खेलकुद विकास समिति प्युठानको अध्यक्षमा हुमलाल नेपाली

प्युठान । लुम्बिनी प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिती प्युठानको अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको असार १९ गतेको बैठकले हुमलाल नेपालीको अध्यक्षतामा ९ सदस्सिय प्युठान जिल्ला खेलकुद विकास समिती गठन गरिएको सदस्य सचिव जय प्रकाश भट्टराईले जानकारी दिए।
समितिकाे उपाध्यक्षमा बिमल प्रसाद पोख्रेल र कोषाअध्यक्षमा बिष्णु प्रसाद न्यौपाने नियुक्त भएका छन।
यसै गरि,सदस्यहरुमा धर्मराज अधिकारि, विशाल बिश्वकर्मा , दल बहादुर जिसि, शरद रायमाझी, केमानसिंह थापा मगर र रंजन पौडेल नियुक्त भएका छन ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...