फुटसल प्रतियोगीताको उपाधी मसुरीया फुटवल क्लवलाई

ओमप्रकाश गुप्ता,सिसहनियाँ  । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँको खेलमैदानमा सञ्चालित फुटसल प्रतियोगिताको उपाधी मसुरीया फुटवल क्लवले हात पारेको छ ।
नव शहासी युवा क्लवको आयोजना एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सहयोगमा गत जेठ २८ गते देखि ३१ ग्ते सम्म सञ्चालित फुटसल प्रतियोगिताको उपाधी मसुरीया फुटवल क्लवले हात पारेको हो । त्यस्तै प्रतियोगितामा नयाँगाउँ फुटवल क्लव उपविजेता बनेको छ ।
१३ वटा टिमले भाग लिएको प्रतियोगितामा अशोक घर्ती मगर र हिमाल शाही उत्कृष्ट खेलाडी छनौट भएका छन् । भने उत्कृष्ट गोलकर्ताको रुपमा तुलबहादुर भट्टराई छनौट भएका छन् । यसै बीच खेलको मंगलवार समापन गरिएको छ ।
क्लवका सहसचिव सन्जु खनालको अध्यक्षता एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई २ हजार ५ सय, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य पदम छिनालले गरेका थिए ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...