अनुज पछाई , प्यूठान । इजाजतप्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय प्यूठानले अल्टिमेटम दिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका नागरिकलाई इजाजतप्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको बताउनुभयो ।
प्रशासनले एक सूचना जारी गर्दै चैत मसान्तभित्र आफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको प्रजिअ भुषालले बताउनुभएको छ । निर्धारित समयमै हतियार बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई नै बुझाउने भुषालले बताउनुभयो ।
निर्धारित समयभित्र नबुझाएर अटेर गरेमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
हतियार बुझाउन प्यूठानमा अल्टिमेटम
हतियार बुझाउन प्यूठानमा अल्टिमेटम
Advertisement
तपाईको प्रतिक्रिया