अनुज पछाई , प्यूठान । फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
तर, प्यूठान जिल्लामा सञ्चालनमा रहेका परीक्षा भने सञ्चालन गरिने प्यूठान जिल्लाका मा बि परीक्षा समितिका अध्यक्ष चक्रपाडी पौडेलले बताएका छन । जिल्लामा फागुन १० गतेदेखि जिल्ला स्तरीय अर्धबार्षिक परीक्षा सञ्चालनमा रहेका छन । नेपाल सरकारले सार्बजनिक बिदा दिएतापनि पूर्ब निर्धारीत परीक्षा समय तालिका अनुसार सञ्चालन गरिने बिद्यालय स्तरीय परीक्षा समिति प्यूठानले एक सुचना मार्फत जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।
Advertisement