• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

राप्ती गाउँपालिका : कोरोना राहत प्याकेजमा वडाहरुको मनपरी


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  •  ओमप्रकाश गुप्ता,भालुवाङ  । दाङ देउखुरीको राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कोरोना राहत प्याकेजमा मनपरी तरिकाले नाम सिफारिस गरेको तथ्य फेला परेको छ ।

    Advertisement

    कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल सरकार अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा रातह स्वरुप एक पटकका लागि प्रति परिवार रु १० हजारका दरले नगद अनुदान प्रदान गर्ने कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कार्यविधि अनुसार नाम सिफारिस गरेको भेटिएको छ ।

    गाउँपालिकाको वडा नम्बर १, ३, ४, ७ र ९ मा कार्यविधि विपरित वास्तविक पिडितहरुको नाम सिफारिस नगरी गैरपिडितहरुको नाम सिफारिस गरिएपछि विभिन्न राजनीतिक दल र स्थानीय स्तरबाट समेत विरोध हुन थालेको छ ।

    राप्ती गाउँपालिकामा कुल ७०० जनाको नाम सिफारिस गर्नुपर्ने भएको हुँदा ती वडाहरुले वास्तविक पिडित सँगै गैरपिडितहरुको नाम समेत सिफारिस गरिएपछि स्थानीयहरुले विरोध जनाउन थालेका हुन् ।

    राप्ती गाउँपालिकाको वडा नम्बर ३ मा २४५ जनाको आवेदन परेकोमा ८३ जनाको नाम सिफारिस गरिएको थियो । वडामा बिराेध र विभिन्न संञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि छुट भएका ९ जनाकाे नाम थप गरेकाे वडा कार्यालयले विज्ञप्ती जारी गरेर जानकारी दिएकाे छ ।

    गैरपिडितहरुको नाम समावेश गरिएको तथ्य फेला परेपछि मंगलवार ३ नम्बर वडा कार्यालयमा स्थानीयहरुले विरोध जनाएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, जनमोर्चा, जनता समाजवादी पार्टीले पिडितहरुलाई सहभागी गराई पत्रकार सम्मेलन गरी विरोध जनाएका थिए ।

    नेपाल सरकारको कार्यविधि विपरित वडा नम्बर १ मा १०५ जनाको आवेदन परेकोमा १०५ जनाकै नाम सिफारिस गरेको छ । त्यस्तै वडा नम्बर ४ मा ९० जनाको आवेदन परेकोमा ९० जनाकै नाम सिफारिस गरेको छ ।

    वडा नम्बर ७ मा २४५ जनाको आवेदन परेकोमा ७९ जनाको नाम सिफारिस गरिएको छ भने वडा नम्बर ९ मा ९१ जनाको आवेदन परेकोमा ९१ जनाकै नाम सिफारिस गरिएको छ ।

    ती वडाहरुले वास्तविक पिडित सँगै गैर पिडितहरुको नाम सिफारिस गरि पठाएका छन् । यस विषयमा केहि वडा अध्यक्ष सँग बुझ्दा वडा नम्बर ३ का वडा अध्यक्ष चन्दर चौधरी र ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् ।

    यता यस विषयमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भने नेपाल सरकारको कार्यविधि अनुसार वडाहरुलाई वास्तविक पिडितहरुको नाम सिफारिस गरी पठाउन अनुरोध गरेको बताए ।

    कोभिड राहत प्याकेजका विषयमा केहि वडाहरुमा विरोध हुन थालेपछि वडाहरुलाई ध्यानाकर्षण गराउन नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाले ९ वटै वडाहरुमा ज्ञापनपत्र बुझाएको छ । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरीको नेतृत्वमा गएको टोलीले वडाध्यक्षहरुलाई सो ज्ञापन पत्र बुझाएको हो ।

    राप्ती गाउँपालिका त एउटा उदाहरण मात्र हो यस्ता समस्या अन्य पालिकामा पनि हुन सक्छ । त्यसैले वडा तथा पालिकाले वितरण गर्ने हरेक कार्यक्रम तथा योजना पारदर्शी भए नभएको बारे खवरदारी गर्न आवश्यक देखिन्छ ।

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation