• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

  • १०. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

प्यूठानमा ८ हजार बढी नयाँ मतदाता थपिए


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य दुइ चरणमा सकिएको छ । जिल्ला निर्वाचन कार्यालय प्यूठानले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म ८ हजार १३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
    कार्यालयका प्रमुख राजन श्रीवास्तबका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म ३ हजार ९७९ महिला र ४ हजार १५४ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
    अभियानअन्तर्गत पहिलो चरणमा स्वर्गद्धारी नगरपालिका, सरुमारानी गाउपालिका , गौमुखि गाउपालिका र झिमरुक गाउँपालिकामा तीन हजार ६५६ जनाले नाम दर्ता गराएका छन् । मंसिर २९ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा माण्डबी गाउपालिका , ऐरावती गाउपालिका नौबहिनी गाउपालिका र प्यूठान नगरपालिकामा ४ हजार ४७७ जनाले नाम दर्ता गराएको जिल्ला निर्काचन कार्यालय प्यूठानका प्रमुख श्रीवास्तवले जानकारी दिए ।
    उनका अनुसार गौमुखि गाउपालिकामा २१३ महिलासहित ४५५ झिमरुक गाउपालिकामा २०७ महिलासहित ४६७ स्वर्गद्धारी नगरपालिकामा ६७५ महिलासहित १४५५ र सरुमारानी गाउपालिकामा ५३८ महिला सहित १ हजार ३८ जनाले नाम दर्ता गराएका छन् ।
    दोस्रो चरणअन्तर्गत ऐरावती गाउपालिकामा ३६६ महिलासहित ७७८, नौबहिनी गाउपालिकामा २४२ महिलासहित ५३१ ,प्यूठान नगरपालिकामा ६११ महिलासहित ११ सय ४६ र माण्डबी गाउपालिकामा ७८० महिलासहित १४ सय २८ जनाले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत मतदाता नामावली सङ्कलन कार्य मङसिर २८ गते देखि पुस ९ गतेसम्म सञ्चालन भएको थियो ।
    विसं २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा १ लाख ४९ हजार २६८ मतदाता रहेका थिए । जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन् । मतदाता नामावलीमा नाम सङ्कलनका लागि राजनैतिक दलले चासो दिएको कार्यालय प्रमुख श्रीवास्तवको भनाइ छ ।
    उनले भने, “राजनैतिक दलहरुले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता, नामावली सङकलन क्षेत्रसम्म गाडीहरु पठाउने लगायतका काम गरिरहेका छन ।” मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए ।

    Advertisement

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 
    गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै
    मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद
    प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट
    भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द
    गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation