• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

रेसुङ्गा विमानस्थलको ८० प्रतिशत काम सकियो, डेढ महिनाभित्र निर्माण सक्ने लक्ष्य


  •   बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ । पछिल्लो समयमा बिमानस्थलका अन्तिम चरणका कामहरु टर्मिनल भवन र धावन मार्गको कामले तिब्रता पाएको छ ।
    जसले गर्दा गुल्मेली जनताको जहाज चढने आशा पलाएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु तिब्र गतिमा अगाडी बढेका छन् ।
    विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माणको काम तिब्र गतिमा अगाडी बढेको हो । विमानस्थलकोे अन्तिम चरणका काम मध्येका घेरावारको काम सम्पन्न भइसकेको छ । भने धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।
    उनले अब केहि दिनमै विमानस्थलले अन्तिमरुप पाउने बताए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन नसकेको विमानस्थलका अन्तिम चरण कामहरु तिब्र गतिमा हुन थालेका छन् ।
    पुरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण व्यवसायीले काम अगाडी बढाएकाले अब भने सम्पन्न हुने आशा पलाएको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । धावन मार्ग कालोपत्रे गर्न सुरुमा मुख्य निर्माण व्यवसायीबाट काम लिएका व्यवसायीले काम नगरेकै कारण समयमै काम सम्पन्न हुन नसकेको अर्यालले बताए ।
    विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उनले बताए । अब भने पछिल्लो एक हप्ताकै कामको गतिले धेरै आशा जगाएको अर्याललको भनाई छ ।
    उनका अनुसार सबैक्षेत्रको चासो बढेकाले अब कुनैपनि हालतमा निर्माण कार्य ढिलो गर्न नहुनेमा जोड दिए । धावन मार्ग कालोपत्रे गर्न सम्पूर्ण सामाग्री तयारी अबस्थामा राखिएकाले बिचमा कुनै अबरोध नआए अबको डेढ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफुले धेरै काम अगाडी बढाएकाले अब केहि दिनमै काम पुरा गर्ने पाण्डेले बताए ।
    उनका अनुसार कालोपत्रे गर्न चिसोले कुनै असर नगर्ने भएकाले कालोपत्रे गर्ने काम सम्पन्न हुने बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो ।
    तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए । विमानस्थलको टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।
    निर्माणको काम अन्तिम चरणमा रहेको छ । त्यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको छ ।
    २०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ ।
    विमानस्थलको कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।

    Advertisement

    बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • २.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ३.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ४.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ५.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ६.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ७.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ८.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...