प्यूठानमा जीप दुर्घटना ः २ जना घाइते

अनुज पछाई , प्यूठान । प्यूठानमा पिकअप जिप दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन । दाङको तुलसिपुरबाट प्यूठानको नौबहिनि गाउपालिकामा सिरक डसना बोकेको भे १ ज १३४१ नम्बरको पिकअप जीप मंगलबार बिहान नौबहिनी गाउपालिकाको तल्लो आरनमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा दाङ तुलसिपुर निवासी बर्ष ३८ का कृष्ण सोडकार र भारतको रक्सोल घर बताउने बर्ष २४ का आशिक आलम रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जीप सडकदेखि २०० मिटर तल खसेको छ । घाइते २ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...