सुर्खेतमा मिनी बस दुर्घटना : २ को मृत्यु, ९ जना घाइते

सुर्खेत । सुर्खेतको  वीरेन्द्रनगर- १४ स्थित लादेमा मिनी बस दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडाबाट सुर्खेत आउँदै गरेको देउती नागरिक यातायात प्रालिको ०२००१ ख ०१६६ नम्बरको मिनिवस आज बेलुका ४ बजे सुर्खेत दैलेख सडकको लादेमा दुर्घटना भएको हो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका- ११ का १८ वर्षीय शुसिल रावत रहेको र अर्काे एक जना महिलाको सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ र देउती अस्पतालमा उपचार भैरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बस सडकबाट नालामा खस्दा पल्टिएको हो । घटनापछि चालक र सहचालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...