कास्कीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

कास्की । कास्कीमा आइतबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वततर्फ जाँदै गरेको ग २० प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ अन्नपूर्ण गाउँपालिका–३ लक्ष्मी देउराली पत्थर ढुंगामा आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मृत्यु हुनेमा पर्वतको साविक भुकताङ्गे गाविस–१ का ३३ वर्षीय विनोद मल्ल रहेका छन् । अर्का अन्दाजी ४५ वर्षका पुरुषको नामथर, वतन खुलेको छैन । प्रहरीले दुवै सवारी साधन र टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० का २५ वर्षीय सुरेश माझीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...