प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता

माधव खनाल, प्युठान। खोलाले बगाएर प्युठानमा एक पुरुष बेपत्ता भएका छन।
जिल्लाको मल्लरानी गाउँपालिका – ३ धरम्पानी बर्वोटका अन्दाजी ४५ वर्षका हिराबहादुर बिक बेपत्ता भएको चुजाठाटी प्रहरी चौकिका इन्चार्ज रामबहादुर रानाले बताउनुभयो । रानाका अनुसार मंलबार सांझ नर्सरी देखि खोला तर्ने क्रममा स्थानीय छापेखोलाले बगाएर उनि बेपत्ता भएका हुन। उनी अहिलेसम्म फेला परेका छैन्न। प्रहरी र स्थानियले बेपत्ताको खोजीकार्य गरिरहेका छन।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...