जङगली च्याउ खाँदा २ जनाको मृत्यु, २ बिरामी

काठमाडौं। इलाममा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ।

गएको जेठ २२ गते राति सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो।

बिरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलामका डीएसपी लालधव्ज सुवेदीले जानकारी दिए। उनीहरुको अवस्था सामान्य छ।

जेठ २२ गते राति बिरमान राईको घरमा उनीहरुले च्याउ खाएका थिए। च्याउ खाएलगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागी बीएण्डसी अस्पताल झापा रेफर गरेको थियो।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...