पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

तनहुँ : तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरो जाँदा स्थानीय ६३ वर्षीया सरस्वती घर्तीको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो।

तीन दिनदेखि लगातारको वर्षाका कारण घरपछाडीबाट गएको पहिरोले पुर्दा सरस्वती घाइते भएकी थिइन्। उनलाई उद्वार गरि अस्पताल लैजाने तयारी गर्दा मृत्यु भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए।

उनका अनुसार घरका अन्य सदस्य अर्कै कोठामा सुतेका कारण सकुसल रहन सफल भएका छन्।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...