नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौं रेजर्सले जित्यो

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले उपाधि जितेको हो । काठमाडौंको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन ।

आजको जितसँगै काठमाडौंले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जोङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो, जसमा कुथुले बाजी मारे ।

प्रतियोगिताको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ र उपविजेता धनगढीले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...