• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

हावाबाट पनि कोरोना सर्न सक्ने


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • काठमाडौं। हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाभाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोनाभाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुनसक्ने उल्लेख छ ।

    Advertisement

    संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत कोरोना सर्ने सो केन्द्रले जनाएको छ । यसरी हावामा आएका संक्रमित कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहन सक्ने उसको भनाइ छ । खुला ठाउँमा ६ मिटरको दूरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यस्तो अवस्थामा यदि संक्रमण नभएको व्यक्ति ६ फिटभन्दा टाढा भए पनि उसलाई संक्रमण हुन सक्छ ।

    गत महिना लासेन्ट जर्नलमा प्रकाशित रिपोर्टले कोरोनाको संक्रमण हावाबाट पनि फैलिने तथ्य उजागर गरेको थियो । जसमा र्‍यालबाट मात्र नभई हावाबाट पनि कोरोना सर्न सक्ने भन्दै तीन घण्टासम्म हावामा कोरोनाभाइरस जीवित पाइएको भनिएको छ । सुरुमा हावाबाट कोरोना फैलिने कुरा मान्न तयार नरहेको विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गाइडलाइन अपडेट गरी हावाबाट कोरोना सर्न सक्ने बताएको छ । लासेन्ट जर्नलको रिपोर्टपछि नै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि आफ्नो गाइडलाइनमा अपडेट गरेको हो ।

    बन्द कोठामा नभेट्न सुझाव
    हावाबाट पनि कोरोना सर्न सक्ने नयाँ तथ्यसँगै वैैज्ञानिकहरुले भेन्टिलेसन नभएको बन्द कोठामा संक्रामक वा संक्रमणको जोखिम भएका व्यक्तिसँग ६ मिटरको दूरी राखेर पनि नभेट्न सुझाएका छन् ।यसअघि सीडीसीले भाइरसको संक्रमण अधिकांश समय संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । त्यस्तै उसले भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो । संक्रामक रोग विज्ञहरुले भने भाइरस अति साना हावामा हुने कणबाट पनि सर्न सक्ने भन्दै सीडीसी तथा विश्व स्वास्थ्य संगठनलाई सचेत हुनुपर्ने बताउँदै आएका थिए ।

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation