रोल्पामा चट्याङ्ग लागेर एक बालकको मृत्यु

रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको चट्याङबाट मृत्यु भएको छ ।

गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो । आमालाई सामान्य चोट लागेको छ ।

त्यस्तै चट्याङ्गबाटे परिवर्तन गाउँपालिका(२ बागमाराका अमनकुमारी राना र त्रिवेणी गाउँपालिका(२ दहवनका कृष्ण केसीको घर आगलागीबाट क्षति भएको प्रहरीले बताएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...