टिपर दुर्घटना हुंदा चालकको मृत्यु

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबासमा सुनवलबाट माथागढी गाउँपालिका.–५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिप्पर दुर्घटना भएको हो । गोठादी सुनवल कच्ची सडक खण्डमा टिपर दुर्घटनामा परेकोहो।

दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोला राम बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामश्वर त्वातीले बताए । उनका अनुसार चालक बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकदेखि अन्दाजी १ सय मिटर तल खसेको छ । टिपर खाली भए पनि के कति कारणले दुर्घटना भएको हो भन्ने विषय भने खुल्न सकेको छैन । घटनाको विषयमा विस्तृत अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...